कञ्चनपुर: कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिक जसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो। यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएबापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए। “बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ। बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो। यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ। अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको छ। काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भयो। लुम्बिनीकाओपनरद्वय आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भए। दुवैलाई काठमान्डुका दिपेश कँडेलले आउट गरे। अर्को ओभरमा टिम मुर्सलाई गेरार्ल्ड इरासमस ६ रन बोल्ड…
बझाङ: बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स सूदुरपश्चिम रोयल्ससँग पराजित भएको छ। लगातार चार खेल जितेको जनकपुरले आज भएको पाँचौं खेलमा पहिलो हार व्यहोरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रनमा समेटियो। जारी एनपीएलमा यो सबैभन्दा कम स्कोर हो। जनकपुरलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हरमित सिंह, ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमानको नाममा एक-एक विकेट रह्यो। जोसुवा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसो त…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए। अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका…
धनगढी: कैलालीको कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका ३ उत्तरभर्री निवासी कमलेश चौधरीको गए राति मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्लाको धनगढी उप–महानगरपालिका– १८ डिपो बजारस्थित धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको अवस्थामा उनले चलाएको सुपप्र ०१००११ प ७०७१ नं को मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लपको पछाडिबाट ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी उपमहानगरपालिका १४ बिगाउँ बस्ने सन्तोष सार्कीले चलाएको डल्लबमा मोटरसाइकल ठोक्किन गएको हो। घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको…
काठमाडौँ: कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको मृत्यु भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो। लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो। महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा गएका छन्। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि आज अपरान्ह भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका हुन्। भ्रमणको क्रममा भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ। भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट र त्यहाँको सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जानुअघि मंसिर ५ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आएका थिए। सो क्रममा सिग्देललाई भारत भ्रमणको निम्तो दिएका द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जाबाट सम्मान गरेका थिए। सेनापतिको १० सदस्यीय टोली…
काठमाडौं: नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन। स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो। अब उनीहरूको पदस्थापन र केही प्रदेशका डीआईजी (प्रमुखहरू) को जिम्मेवारीसमेत हेरफेरको तयारी भइरहेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्र रिक्त छ भने उपत्यका ट्राफिकको नेतृत्व केही सातापछि रिक्त हुँदैछ। यसैक्रममा रिक्त पदमा गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र उपत्यका ट्राफिकका भरतबहादुर बोहरालाई…
काठमाडौं: स्कुटर दुर्घटनामा परेर कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राति दुर्घटनामा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए। स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लामो समय एन्फा एकेडेमीमा कप्तान भएका उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।