काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पेशागत हकहितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। लुम्बिनी प्रदेशस्थित विभिन्न गुल्मको निरीक्षणका क्रममा उनले सो धारणा राखेका हुन्। त्यसक्रममा आइजीपी अर्यालले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ देश र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिएको बताइएको छ। ‘म मेरा सिपाहीहरु सँधै हाँसेको हेर्न चाहन्छु, काम गर्न सहज वातावरण बनाइदिनु मेरो दायित्व हो’, अगाडि भने, ‘म सँधै तपाईंहरुसँगै छु, उच्च मनोबलका साथ काम गर्नुहोला।’ लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन पुस १ गते भैरहवा पुगेका आइजीपी अर्यालले हिजो ३६ नम्बर गुल्म हेडक्वाटर अर्घाखाँचीको निरीक्षण गरेका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्। त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्। प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन्। केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका थिए। तर,…
धनगढी: डडेल्धुराको परशुराम नगरपालिकामा भ्रष्टाचार मौलाएको आरोप लागेको छ। विभिन्न राजनीतिक दलले सो आरोप लगाएका हुन्। पालिकामा सञ्चालन भैरहेका विकास निर्माण एवम् सुशासनका समस्याबारे विभिन्न चार राजनीतिक दलले प्रश्न गरेका छन्। बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेकपा एमालेका नगर अध्यक्ष ओमप्रकाश जोशी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डाइमण्ड, रास्वपाका नगर सभापति लालबहादुर थापा र राप्रपाका प्रदेश कमिटी सदस्य पदमराज जोशीले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले निर्माण गरिरहेका विकास निर्माण एवम् पालिकामा आन्तरिक खरिद प्रकृयामा समेत पारदर्शिताको कमी भएको उल्लेख छ। उनीहरुले नगरपालिकामा भइरहेका फजुल खर्चहरु तत्काल रोक्न र राजनितक दल, व्यापारी,…
काठमाडौँ: नेकपा एमाले बझाङका नेता ऐन महरसँग गोप्य सम्बन्ध रहेको बताउने रश्मिला कुमारी धामीलाई अनेरास्ववियुकी नेतृले कुटपिट गरेकी छन्। आफूलाई महरले बलात्कार गरेको आरोप लगाउने रश्मिलाले कारबाहीको माग गर्दै आएकी छन्। उनले त्यसका लागि आन्दोलन तथा प्रदर्शन गर्दै आएकी छन्। यसैक्रममा ऐनसँग राम्रो सम्बन्ध रहेकी अनेरास्ववियुको नेत्री रक्षा बम (राजमती) ले रश्मिलालाई कुटेको आरोप लागेको छ। न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेकी रश्मिलालाई मङ्गलवार आमरण अनसन स्थलमा रक्षाको टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेको हो। रक्षा पनि ऐन र रश्मिला विवादमा जोडिएकी पात्र हुन्। नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन्। उच्च अदालत पाटनमा विगत…
काठमाडौं: जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो। बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो। यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ।
काठमाडौं: अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवक विवेक पंगेनीको मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो। विवेकलाई ब्रेन क्यान्सर भएको थियो। चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन्। श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो। निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजो उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे। विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ। श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन्। शव नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेकाे सुबेदीले बताए। विवेक २०७९…
काठमाडौं: गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’ त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि यस घटनाको अनुसन्धान सुरू भएको बताए। कास्की हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर डा. निकोलस भुसालले फेसबुकमार्फत् सार्वजनिक गरेको स्वीकार गरेका छन्। उनले गत शनिबार…
कैलाली: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमण तय भएको छ। कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा नौ आटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ। सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका नौ आटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ। उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ। शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ। पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ ।…
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ। वडा नं ७, ८ र ६ लाई समेटने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन्। “चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ”, शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले भने, “चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ। शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिए।…
धनगढी: कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न कार्यदल गठन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य उपस्थिति दुबै प्रदेशका मन्त्रीहरू, मुख्य सचिव लगायत सरोकारवाला उपस्थित बैठकले यस्तो सहमति गरेको हो। कार्यदलका समस्याको अध्ययन गरी ३५ दिनभित्र स्थानीय, प्रदेश र सङ्घ सरकारले के–के गर्ने भन्ने प्रतिवेदन बुझाउनुपर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बताए। लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सहमति भएको हो। कर्णाली दुई प्रदेशको सीमा नदी हो। कर्णालीको तट गेरुवा गाउँपालिका—१ ओखरियामा बुधवार भएको बैठकमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, राज्यमन्त्री प्रकाशबहादुर बम, लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,…