काठमाडौं: चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ। एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ। १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ। कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो। समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो। आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ। दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ।
काठमाडौं : जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेभमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएका छन्। कन्क्लेभको उद्घाटन आगामी शनिबार जनकपुरमा हुँदै छ। भारतीय उत्तर प्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर विकास समिति र जनकपुर उपमहानगरको आयोजनामा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभको आयोजना गर्न लागिएको हो। भारतले घोषणा गरेको रामायण सर्किटमा पर्ने जनकपुरधाममा दुई दिवसीय कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा उत्तर प्रदेश सरकार मन्त्रीहरु पनि सहभागी हुने बताइएको छ। मुख्यमन्त्री आदित्यनाथ तीन वर्षअघि रामसीता विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम पुगेका थिए।
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका-१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएको छ। मंगलबार अपरान्ह २ बजेको आसपास उक्त चितुवा देखिएको हो। स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले उक्त चितुवालाई नियन्त्रणमा लिएको छ। वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार चितुवालाई बेलुका अन्दाजी ५ बजे स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको थियो। चितुवाको अवस्था केही असामान्य देखिएको उनले बताए। चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशंका गरिएको छ।
धनगढी : धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवलदारलाई कारबाही गरिएको छ। त्रिनगर प्रहरी चौकी, धनगढीका प्रहरी सहायक हवलदार विक्रम चन्दलाई कारबाही गरिएको हो। धनगढीमा ९ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेका चन्दलाई अछाम फिर्ता पठाइएको छ। अछाममा दरबन्दी रहेका चन्द कैलालीको त्रिनगर प्रहरी चौकीमा सादा पोसाकमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चन्दलाई कारबाही गरिएको बताए। उनको काज फिर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो। टोलीको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा…
बझाङ: बझाङको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ ५ बजेर ८ मिनेटमा परकम्प गएको हो। बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ।
धनगढी: नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको ठोकुवा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओली आगामी पुष २५ गते भारत भ्रमणमा जाने दाबी गरेका हुन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आगामी पौष २५ गतेदेखि चार दिने भारत भ्रमणमा जाने तय भएको छ।’ यसअघि चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पनि भारत भ्रमणको तयारी भइरहेको बताएका थिए। उनले एक कार्यक्रममा भनेका थिए, ‘मान्छेहरुले पत्याएका छैनन्, तर म भारत पनि जान्छु, तयारी सुरू भइसक्यो।’
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो तीन महिनामा १० प्रतिशत बजेट खर्च गरेको पाइएको छ। ३१ भदौमा मात्र चालु आर्थिक वर्षको बजेट ल्याएको प्रदेश सरकारले असोज, कार्तिक र मंसिर मसान्तसम्म गरेर विनियोजित बजेटको १० दशमलव ८८ प्रतिशत खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीको तथ्यांकअनुसार चालु र पुँजीगत गरेर प्रदेश सरकारले मंसिर मसान्तसम्म तीन अर्ब ४४ करोड ३८ लाख ६४ हजार २९३ रुपैयाँ खर्च गरेको छ। यो प्रदेश सरकारले विनियोजन गरेको कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको १० दशमलव ८८ प्रतिशत प्रगती हो। प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख…
काठमाडौं: नेपाल प्रिमियर लिग एनपीएलको पुरस्कार राशि घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ। उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ। प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो। एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन्।
धनगढी: नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन्। एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। मलासी २१५ मतसहित विजयी हँदा प्रतिद्वन्द्वी मल्लले १७१ मत मात्र प्राप्त गरे। उनी एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल पक्षधर मानिन्छन्। मलासीलाई निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य चक्र मल्लको पनि साथ रहेको बताइन्छ। निवर्तमान अध्यक्ष मल्ल पनि रावल पक्षधर मानिन्छन्। नेकपा विभाजन कालमा मल्ल र मलासी दुवै जना रावलसँगै तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गएका थिए। पछि रावल एमालैमै रहँदा उनीहरू पनि एमालेमा रहेका थिए। यस्तै अधिवेशनबाट उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज…