Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मङ्गलवार पक्राउ गरेको हो । चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् ।

Read More

काठमाडौं : सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ । रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती…

Read More

धनगढी: नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वचनबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन्। आज (बिहीबार) धनगढीमा एक पत्रकार सम्मेलनमार्फत सिंहले उम्मेदवारी घोषणा गरेका हुन्। राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका उनी हाल एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य छन्। आसन्न असोज २१ र २२ गते हुने एमालेको प्रदेश अधिवेशनमा आफूले युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई युवाको सोचसहित अगाडी बढाउने सङ्कल्पसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए। एमालेको यो प्रदेश अधिवेशन एकताको अधिवेशन हुने पनि उनले बताए।

Read More

धनगढीः धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु भएको छ। पाँच महिनादेखि रोकिएको उडान सेवा पुनः सुचारु भएको हो। गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको जनाएको छ। समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए। उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ। खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए। समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ। समिट…

Read More

काठमाडौंः सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन्। त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गरेर गत जेठमा आन्दोलनमा उत्रिएका नागरिकदेखि यसका लागि विगत लामो समयलेखि लागिपरेका नीति निर्माताहरु पनि सरकारको यो निर्णयबाट खुसी भएका हुन्। विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले सो विश्वविद्यालय विधेयक संसद्मा दर्ता गर्नका लागि स्वीकृति प्रदान गरेको हो। नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि उक्त विधेयक अब संसद्मा पेस हुने…

Read More

कञ्चनपुरः कञ्चनपुरमा हात्तीको बथानले तीनवटा घर भत्काइदिएको छ। जिल्लाको उत्तरी चपरतला गाउँमा जंगली हात्तीको बथानले तीन घर भत्काइदिएको हो। बुधबार राति हात्तीको बथानले कृष्णपुर नगरपालिका–४ स्थित चपरतलाका तीन घर भत्काइदिएको छ। कृष्णपुर नगरपालिका–४ का वडाध्यक्ष धर्मबहादुर सिंहले जंगली हात्तीले गाउँ पसेर घर तथा अन्नबालीमा क्षति गरेको बताए। वडाध्यक्ष सिंहका अनुसार श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काइदिएको छ। हात्तीले बस्ने घरै भत्काइदिएपछि पीडितको परिवारको बिचल्ली भएको छ। सो गाउँका १५ स्थानीयको झन्डै साढे तीन–चार बिघाको धानबाली नष्ट गरिएको छ। पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन्।

Read More

धनगढीः डडेल्धुरामा लम्पी स्किन रोगबाट ४१ हजार ५ सय गाईगोरुमा संक्रमण देखिएको छ। डडेल्धुराका सातवटै स्थानीय तहका गाईगोरुमा फैलिएको लम्पी स्किन रोगबाट १ हजार १ सय ९८ पशुचौपायको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ। गाईगोरुमा साप्रा सुन्निएर ठूलो हुने, घाउँ पाक्ने र किरा परेपछि किसानलाई समस्या थपिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा फैलिएको लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम बिरामी परेका छन्। पहाडी जिल्लामा फैलिएको यो रोगबाट डडेल्धुरामा ४१ हजारभन्दा बढी पशुचौपायामा संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा प्रमुख देवराज भट्टले जानकारी दिए। डडेल्धुरामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन २ हजार…

Read More

धनगढीः बैतडीमा दिउँदै सुन र नगद चोरी भएको छ। जिल्लाको पाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। बैतडी प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बुधबार दिउँसोको समयमा गंगासिंहको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलहरी चोरी भएको छ। त्यस्तै सोही ठाउँका तारासिंहको घरबाट दुई आना र ५ आनाको दुईटा तिलहरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ। घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएकोमा चोरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः जिल्ला प्रशासन कार्यालय, बाँकेले आज बिहान ८ बजेदेखि कर्फ्यु हटाएको छ। प्रशासनले बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको हो। राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म पूर्ववत् रुपमा कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो,उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका( भित्र राति कर्फ्यु यथावत् रहनेछ। गत असोज १६ गते बिहान सामाजिक सद्भाव र्‍याली निकाल्ने क्रममा विवाद भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

Read More

धनगढीः सुदूरपश्चिमका विभिन्न दलका नेताहरुले भकम्प पीडितलाई चाँडै‌ राहत उपलब्ध गराउन माग गरेको छन्। मंगलबार भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको हो। नेताहरुको टोलीले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै टोलीले सरकारको ध्यानाकर्षण गराएको हो। एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन विताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान…

Read More