Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीको टोलीले अवैध सामान बरामद गरेको हो। वडा प्रहरी कार्यालयका प्रमुख, इन्सपेक्टर जनक ढुङ्गानाले झण्डै २ लाखको अवैध भन्सार छलिको सामान बरामद गरिएको जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिकाको राजपुर नजिकैबाट लेडिज लुगाकपडा र सुर्तीजन्य पदार्थ बरामद गरिएको हो। जसमा करीब १ लाख ७२ हजार ७९६ बराबरको कपडा र करिब ६ हजार ६७० बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा १ लाख ७९ हजार ४६६ बराबरको सामान बरामद गरिएको हो। लुकाइ छिपाइ लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले सो सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। अहिले सो सामान थप…

Read More

काडमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । डा. प्रकाश सीको आज उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । डा. प्रकाशको विवाह डा.मान्यता सीसँग भएको हो । उनीहरुको प्रगतिशील विवाह भएको कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकताले जानकारी दिएका छन् । विवाह समारोहपछि सोही स्थानमा पाल टाँगेर आमन्त्रितलाई भोजन गराइएको थियो । तर, उनीहरुको अर्को एउटा फोटोमा प्रगतिशील विवाह भनिए पनि विवाहस्थलको साजसज्जा निकै महँगो देखिन्छ ।

Read More

काडमाडौं : नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक परिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।” यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, सङ्कलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अङ्क कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय…

Read More

काठमाडौं : गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास-ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ । मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरुपमा कम्तिमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आग्रह गरेका छन् । त्यस्तै, अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरीसकेपछि सोही अनुरुप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई आग्रह गरिएको छ । केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तनाव व्यवस्थापनका लागि योगरध्यान गर्नुपर्ने बताएका थिए ।

Read More

धनगढी: गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेदप्रकाश जोशीको समय नपुग्दै सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले जोशीलाई आज हेडक्वाटर तानिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। कैलाली बस्दासमेत विवादित बनेका जोशीलाई फितलो कमान्डका कारण तानिएको स्रोतले जनाएको छ। जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई पनि निलम्बन गगरिएको छ। श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको बताएका थिए। उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी…

Read More

पोखरा: चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख…

Read More

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो। नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भोलि बिदाई दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। यस्तै पुर्चाैडी नगरपालिकाले  बिहीवार सार्वजनिक बिदा दिएको  छ। नगरपालिकामा  लाग्ने मेला पर्वका लागि सार्वजनिक बिदा दिएको हो। भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी…

Read More

अछाम : देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेेका हुन्। स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न मागगरेका हुन्। जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए का छन्। रासस

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छड्के हानेको छ। स्रोतका अनुसार हिजो (सोमबार) अख्तियारको एक टोलीले प्रदेश सभामा छ्ड्के अनुगमन गरेको हो। संरचना तथा भवन निर्माणको कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारको टोलीले छड्के हानेको हो। प्रदेश सभाको गत वर्ष नै निर्माण गरिनुपर्ने गेट र संसदीय दलको भवनहरुको काम नसकी भुक्तानी दिएको भन्ने उजुरीका आधारमा अख्तियारले छड्के हानेको स्रोतले जनाएको छ। सो सम्बन्धमा अख्तियारको टोलीले कागजातसहित स्थलगत निरीक्षण नै गरेको बताइन्छ। यता प्रदेश सभा सचिवालय स्रोतले भने काम सम्पन्न भैसकेको अवस्थामा नै भुक्तानी दिइएको दाबी गरेको छ। गत आर्थिक वर्षको बजेटमा गौरीशंकर निर्माण सेवाले…

Read More