दार्चुलाः दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन्। हिजो(बिहिवार) जिल्लाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको थियो। यस्तै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन। उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन्। जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा २०७८/७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। उनका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ। गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम…
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित…
काठमाडौं: नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन्। टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिने फोराममा विष्टले भाग लिने भएका हुन्। त्यसका लागि विष्ट बिहीबार प्रस्थान गर्दैछन्। फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ। संघले पछिल्लो दुई वर्षमा गरेको कामलाई फोरममा प्रस्तुत गरिने विष्टले जानकारी दिए। उनले एसियन ओलम्पियन फोरम आयोजनाका लागि प्रस्ताव राख्ने र सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने योजनामा आफू रहेको विष्टले बताए। विष्टलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन्स…
काठमाडौं: तीजको दर खाने कार्यक्रममा मदिरा(दारु) पिएपछि डडेल्धुराको भागेश्वर गाउँपालिकामा बबाल मच्चिएको छ। हिजो(बुधबार) साँझबाट वडा नम्बर ३ को कार्यालयमा आयोजना भएको तीजको दर खाने कार्यक्रम अन्तिममा भनाभनमा टुंगिएको थियो। मदिरा पिएर लफडा नै भएपछि जिल्लाबाट प्रहरी टोली गएर वडा सचिव कृष्ण चठौतसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी स्रोत बताउँछ। उनीसहित स्वास्थ्य शाखा प्रमुख, २ जना भेटेनरी कर्मचारी र एक जना सवारी चालकलाई जिल्ला झिकाइएको थियो। उनीहरुलाई मापसे जाँच गरेपछि थुनामा राखिएको स्रोतले बतायो। तर, प्रहरी भने ४ जनालाई नियन्त्रणमा लिएको बताउँछ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले पनि ४ जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे। उनले निषेधित…
धनगढी: कैलालीमा एक सशस्त्र प्रहरीले उपद्रो मच्चाएको पाइएको छ। मंगलबार राति सशस्त्र प्रहरीका जवान पर्शु मगरले उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार मदिरा सेवन गरेका मगरले त्यो राति चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा बबाल गरेका थिए। उनी रातिको समयमा एक एक्लै बस्ने महिला (बूढो विदेश) घरमा पसेपछि गाली गरेर बबन्डर मच्चिएको थियो। मगरको चितवन दरबन्दी रहेकोमा उनी बिदामा घर आएको बताइएको छ। त्यहाँका प्रहरीका अनुसार मगरले तीजको डान्स कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर रोमान्स गर्ने भन्दै ढोका खोल्न दबाब दिएका थिए। त्यसपछि महिलाले आफन्तलाई बोलाएपछि मगर त्यहाँबाट भागेका थिए। त्यसपछि प्रहरीमा निवेदन परेकोमा आज भने उनीहरु दुवैको मिलापत्र…
काठमाडौं: सर्वोच्च अदालतले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सरकारका नाममा विभिन्न चार बुँदामा जारी गरेको परमादेशको पूर्ण पाठ सार्वजनिक भएको छ। संविधानविद् तथा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ, अधिवक्ताहरू विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले सीमा समस्या समाधान तथा व्यवस्थापनमा आवश्यक आदेश माग गर्दै २०७३ मा रिट निवेदन दर्ता गराएका थिए। यसबारे सर्वोच्चले २०७८ साल वैशाख १२ गते परमादेश दिएको थियो। तर फैसलाको पूर्ण पाठ हिजो बुधवार मात्रै सर्वोच्च अदालतले सार्वजनिक गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नेपालीको हकहित, सिमानाको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक…
धनगढीः नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सह-इन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ। अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ। सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सह–इन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन्। त्यस्तै प्रदेशका अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भट्टले जिम्मेवारी पाएका छन्।
बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराको ७० हजार रुपैयाँसहितको झोला महाकाली नदीमा खसेको छ । झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला गाडीबाट ओर्लिदै गर्दा मौराभीरबाट महाकालीमा खसेको हो। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथी भारतमा रहेका श्रीमानले केही दिनअघि मात्रै पठाएको रकम बोकेर पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन नसकेको बताए।
डोटीः डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीवार नगद ५ हजार घुससहित उपभोक्ताहरूले नियन्त्रणमा लिएका हुन् । जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले उनलाई रंगेहात नियन्त्रणमा लिएका बताइएको छ । स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन् । इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । उनले यस विषयमा अनुसन्धान भइरहेको बताए ।