Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुनः बजेट ल्याउने भएको छ। नेपाली काँग्रेस नेतृत्वको नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने तयारी थालिएको हो। यस अगाडि बजेट शून्यतामा गएको अवस्थामा अस्तिमात्रै राजश्व संकलनका लागि अध्यादेश ल्याएको थियो। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयीक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेलगत्तै रोकिएको राजश्व संकलनको बाटो खुलेको हो। सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको थियो। राजनीतिक समीकरण…

Read More

धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आतंकपछि कैलालीमा चितुवाले आतंक मच्चाएको पाइएको छ। केही समय अगाडि दोधारामा बाघले एक महिलाको ज्यानै लिएको थियो। त्यसपछि सो बाघलाई नियन्त्रणमा लिएर बर्दिया पठाइएको थियो। सो घटना सेलाउन नपाएकै अवस्थामा कैलालीमा चितुवाले आतंक मच्चाएको प्रहरीले जानकारी दिएको छ। कैलालीको पूर्वी क्षेत्र टीकापुर आसपासमा चितुवाले आतंक मच्चाएको हो। प्रहरीका अनुसार अहिलेसम्म केही बाख्रा, बङ्गुर र कुकुरलाई चितुवाले मारिसकेको छ। यस्तै अहिले वन कार्यालयको टोलीले बर्दियाको निकुञ्जको टोलीलाई सम्पर्क गरेर चितुवा नियन्त्रणमा लिन काम गरिरहेको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिमस्थित बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो। अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नवीन थापा अस्ति कारबाहीमा परे। उनलाई पार्टीकी केन्द्रीय अध्यक्ष तथा पार्टी संरक्षक रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेकी थिइन्। उनलाई रञ्जिताले साधारण सदस्य पनि नरहने गरि पार्टी निकाला गरेकी थिइन्। अध्यक्ष रञ्जिताले पार्टीको हितविपरीत कार्य गरेको भन्दै थापालाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको बताएकी थिइन्। तर सो कारबाही सेलाउन नपाउँदै थापा सुदूरपश्चिम सरकारमा नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको स्वकिय सचिवमा नियुक्त भएका छन्। उनले आफूलाई रेशमलालले नियुक्ति दिलाएको बताउने गरेका छन्। अवसरकै लागि नाउपा छिरेका थापा यसअघि कृषिमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव पनि बसेका थिए।…

Read More

दार्चुलाः दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनसिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णसिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देवराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का…

Read More

धनगढी: विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो। बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए। यस्तै उता कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको लालझाडी गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय रमित चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका…

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्का विवादमा तानिएका छन्। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेको भन्दै विवादमा मुछिएको हो। जसबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान भएको बताइएको छ। खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको आरोप छ। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो। उनीहरूले आरा मिल, इँटाभट्टा, रेस्टुरेन्ट, अवैध धन्दाका व्यापारी, क्रसर लगायतबाट असुली गर्ने गर्दछ्न्। उनीहरूले तस्कर, हुण्डी कारोबारीसित पनि हात मिलाएर पैसा उठाउने गरेको स्रोतको दाबी छ।…

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर क्षेत्रमा छाडा चौपायाहरुको उपचार तथा बन्ध्याकरण गरिएको छ। आज (शनिबार) वैजनाथ माद्यामिक विद्यालयको टोलीले सो कार्य गरेको हो। सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी अच्युत कलौनीले छाडा चौपायाको व्यवस्थापनका लागि अभियान थालिएको जानकारी दिए। उनका अनुसार बजार क्षेत्रदेखि नेपाल भारत सीमाना गड्डाचौकीसम्म छाडा चौपायालाई नियन्त्रणमा लिएर तिनीहरुको उपचार र बन्ध्याकरण गरिएको हो। नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेको गुनासो बढेकै बेला सो टोलीले उपचार थालेको जनाएको छ। सो अभियान जारी रहेको बताइन्छ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला परेको छ । नगद, सुन र चाँदीका गरगहना चोरी गरेका धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले धनगढी उपमहानगरपालिका–१ मा खाल्डोमा लुकाएको अवस्थामा गरगहना फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेको सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा बाला र १६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको जानकारी दिए । प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ । बुधबार शिक्षक ओझाको घरमा कोही नभएको…

Read More

काठमाडौं : हिन्दु धर्ममा जातीय विभेद भएको भन्दै बेलाबेला टिकाटिप्प्णी हुने गर्छ । कतिपयले जात र लिंगको नाम दिएर हिन्दु धर्मको विरोध नै गर्ने गर्छन् । तर, ती भाष्यलाई चुनौती दिंदै मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा…

Read More