Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज सुनको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज पनि हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्। सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदुतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु। नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले…

Read More

मुग्लिन: पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए । रासस

Read More

बाजुरा: बाजुरामा दुई युवकमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खप्तडछेडेदह गाउँपालिका–७ का ४३ वर्षीय अर्जुन रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार कुटपिटमा संलग्न भएको आरोपमा अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ । खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिका दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको थियो । कुटपिटबाट बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाह घाइते भएका छन् । उनीहरु धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । कुटपिटको भिडियोसमेत…

Read More

दार्चुलाः दार्चुलामा लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन् । उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथमा सो मात्रामा चरेस पाइएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको…

Read More

काठमाडौँ: मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ । जनता समाजवादी पार्टी,नेपालका तर्फबाट समानुपातिक सांसद यादवको उपचारका क्रममा आज बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि अस्पतालको अति सघन कक्षमा उपचाररत थिइन् ।

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्। आज बिहान ९ बजे कतार एयरवेजबाट उनी अमेरिका प्रस्थान गरेका हुन्। यही सेप्टेम्बर १४ मा हुने शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहनेछन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन्।

Read More

काठमाडौँ: भेलुबाजेका नामले परिचित प्युठानका मीनबहादुर बुढाकी पत्नीको निधन भएको छ। हिजो (सोमबार) उनकी पत्नी बिष्ना बुढाको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा निधन भएको हो। केही समयदेखि बिरामी रहेकी उनको दिल्लीमा उपचार भइरहेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एशोसिएशन फर आइडिया (Idea) नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलय स्थापना भएको छ। वेदकोट नगरपालिका-७ लालपुरमा एक कार्यक्रमबीच आइडिया नेपालको प्रादेशिक कार्यलयको उद्घाटन गरिएको हो। कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकारका लागि काम गर्ने उद्देश्यले आइडिया नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलयको शुभारम्भ गरिएको हो। आइडिया नेपाल सुदूरपश्चिम प्रदेशले एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँगको सहकार्यमा कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न काम गर्नेछ। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्टले ब्यानर पढेर आईडीया नेपालको प्रादेशिक कार्यलयको स्थापना गरे। कार्यक्रममा बोल्दै उनले कुष्ठ प्रभावित व्यक्तिहरूले अझै पनि समाजमा लुकेर बस्नु पर्ने अवस्था रहेको बताए। कुष्ठ प्रभावित…

Read More

काठमाडौँ: संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

Read More