Author: महेन्द्रनगर पोष्ट

धनगढी : कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । कोशी प्रदेशसभाको बैठक १ कात्तिक बिहान ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले एमाले र कांग्रेसका एक-एक जनालाई समेटेर मन्त्रिपरिषद्…

Read More

धनगढीः नेपाली राजदूतावासले पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको जनाएको छ। प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको दूतावासले जानकारी दिएको हो। नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासको भनाई छ। त्यस्तै, दूतावासले सम्पर्कविहिन विपिन जोशीको खोजी कार्यलाई तीव्र पारिएको जनाएको छ। आक्रमणमा परेर घाइते भएकामध्ये एक जना दूतावासको हेरचाहमा र दुई जना अस्पतालमा उपचाररत रहेको बताइएको छ। हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। अन्यको शव पनि प्राप्त हुनेक्रममा रहेको दूतावासले बताएको छ।

Read More

बाजुराः सञ्चारको भरपर्दो सुविधा नरहेको बाजुरामा चार वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएका छन्। सञ्चारको भरपर्दो सुविधा नभएको बुढीनन्दा नगरपालिकाका बिभिन्न स्थानमा टेलिकम टावर निर्माण हुने भएका हुन्। बुढिन्नदा नगरपालिकाको वडा नम्बर ८ को हर्शाली, वडा नम्बर ७ को कर्केली, वडा नम्बर ३ र वडा नम्बर १ को सल्लेरीमा रिपिटर टावर निर्माण हुने भएको नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बजानकारी दिए।

Read More

काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन्। भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ। भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ। यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा ​ विजयी भएको छ । यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।

Read More

पोखरा: बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका थिए। उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गरेका थिए। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए। यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे। गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे। जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिने गरेका थिए। गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो। जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो। विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो। उनलाई फेरी जनप्रतिनिधि भएर काम…

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको हो। सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार आइतबार प्रतितोला १३ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Read More

बैतडी: बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ। सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ । डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका…

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन गएका छन्। चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा=डा= युवराज सङ्ग्रौला पनि चीन गएका…

Read More

बेदकोट: ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ । ‘प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ’, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भने, ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ।’ उनका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक…

Read More