Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीहरू खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरूलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरूलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’

Read More

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले युद्धग्रस्त ईजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउन सरकारसंग माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत लेखकले ईजरायलमा हमासको हमलामा परि घाईते भएका नेपालीको स्वास्थ्य ऊपचारको व्यवस्था गर्न, मृतकको शव तत्काल नेपाल ल्याउन सरकार समक्ष माग गरेका हुन् । यी हुन् उनले सामाजिक सञ्जाल मार्फत सरकार समक्ष राखेका मागहरुः१) घाईतेको शिघ्र स्वास्थ्य ऊपचारको व्यवस्था गरियोस।२) बंकरमा रहेका र जोखिममा परेकोलाई तत्काल ऊद्धार गरियोस।३) हराएका वा सम्पर्कमा नरहेकाको खोजी होस।४) मृत्यु भएकाको लाश तत्काल ल्याई परिवारको जिम्मा दिईयोस।५) असुरक्षा, पिडा र जोखिममा रहेका नेपाली र परिवारजनलाई…

Read More

बुटवल : लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो । राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर घाइते भएका छन् । अर्थमन्त्रीसहित सबै चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । बच्चा जोगाउन खोज्दा गाडी खाडलमा हाल्नु परेको बताइएको छ । विद्यालय छुट्टीपछि…

Read More

बैतडी : बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ को हिरापुर नजिकै सोमबार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो । खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ । जिपले जिपको ठक्करबाट मोटरसाइकल भीरमा खसेको छ । उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

Read More

काठमाडौं : इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लान आग्रह गरेको थियो। सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद पनि गरिसकेका छन् ।

Read More

काठमाडौँ : सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ। आज बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिदै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। बैठकले नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ। इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन्। कतिपय नेपाली अझै उद्धारको पर्खाइमा छन्।

Read More

धनगढी : धनगढीबाट डडेल्धुरा जान लागेको बस दुर्घटना भएको छ। आज (सोमबार) बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातकाे ना ४ ख ९५५४ नम्बरकाे बस गोदावरीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्। घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मोसो दलिएको छ। आज प्रसाईँलाई काठमाडौंको यल्लो पेगोडा होटल अगाडि अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन्। प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन् । प्रसाईँले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

Read More

धनगढी: बलात्कारको आराेपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलाैली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जाेशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए।  जाेशीमाथि असाेज २१ गते बिहान मेलाैली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेको आराेप छ। भागेका जाेशीलाई आज (सोमबार) लामालेकबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका जाेशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

Read More

काठमाडौं : इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ। इजरायली रक्षा बलहरूले अब इजरायलमा हमासको घुसपैठ र इजरायली नागरिकहरूमा आक्रमणको जवाफ दिइरहेका छन्। सीमा क्षेत्रका जनतालाई घरमै बस्न चेतावनी दिइएको छ। इजरायलले आफ्ना शत्रुहरू विरुद्ध युद्धको घोषणा गर्दा उनीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ भन्ने कुरा विश्वले सयौं पटक स्वीकार गरेको छ। इजरायलको सरल नियम हो ‘हुक वा क्रुक द्वारा’ अर्थात् यस धर्तीबाट इजरायलका शत्रुहरूलाई कुनै पनि माध्यमबाट हटाउनु। जर्मनीमा ओलम्पिक खेलकुदका क्रममा यहूदीहरूको हत्या हुँदा धेरै वर्षसम्म इजरायली गुप्तचर निकायले ती आतंककारीहरूलाई मार्ने काम गरिरहे। इजरायल एक दिनमा बनाइएको होइन। आज संसारमा बुद्धि, ज्ञान, धन र संस्कृतिले भरिपूर्ण यहूदीहरूले जतिसुकै सफलता…

Read More