Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा देउवाले छलफल गरेका हुन्। सभापति देउवाले धुम्बाराहीस्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्। छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्। फागुन १३ मा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ दलले समर्थन गरेर मनोनयन गर्दा वर्तमान सरकारलाई समस्या पर्ने…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् । मङ्गलवार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रूपमा बजेट बढाउने बताएका हुन् । ‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरूमा पनि खेल…

Read More

विराटनगर – राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि राप्रपा केन्द्रीय समितिले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो । प्रदेश १ मा विशिष्ट परिस्थिति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको हो ।

Read More

काठमाडौँ – नेकपा एमालेकी नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख र सास्ती पाइरहने बताएकी छन्। उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिइन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ साहले भनिन्, ‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए( यो कुलंघार हो। यो रहुन्जेलसम्म यसले परिवार पनि नाश गर्छ। देशलाई पनि नाश बनाउँछ। मलाई त त्यस्तो लागिरहेको छ कि जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ तबसम्म जनताका सपना, घाइते, योद्धा सबैको सपनामा चोट पुग्छ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिइन्। उनले भनिन्, ‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको…

Read More

काठमाडौँ- अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेशियालाई १० विकेटले पराजित गरेको छ । युएईको अज्मनमा रहेको मालेक मैदानमा भएको खेलमा मलेशियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दिपक बोहराले २९ बलमा ३८ रन बनाए । त्यसैगरी, अर्जुन खनालले २५ बलमा २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल ७२ रनमा समेटियो । नेपालका लागि दिपेश कँडेलले ४ र आकाश चन्दले ३ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।

Read More

काठमाडौँ – व्यापारी दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् । पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्व राजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नभएको प्रसाईँले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा महाअभियानले सङ्घीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ । यस्तै २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना…

Read More

काठमाडौँ- निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीको रूपमा आफूले बेथित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे। उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए। निवर्तमान मन्त्री गिरीले भने, ‘४२ दिन स्वास्थ्यमन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो। यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै गरेँ। स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो। त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो। स्वास्थ्य मन्त्री…

Read More

काठमाडौं – नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको दाबी गरेकी छिन् । नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको औँल्याइन् । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेकी हुन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास नगरेसम्म नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन् । ‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्‍याैँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल…

Read More

काठमाडौँ – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय…

Read More

काठमाडौँ – युएईमा जारी रहेको आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ। मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए। मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए। भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२/१२ रन जोडे।

Read More