Author: Nisha Shrestha

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै रहेको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका वडा नम्बर–४ मनघर दैलेख घर भएका अन्दाजी २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । साथी सँग हिजो शनिवार कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए । आज खबर प्राप्त हुनासाथ अत्तरिया बाट आएको गोताखोर टोलीले खोजी गर्दा उनी मृत भेटिएका हुन । उनी सँग माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको…

Read More

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक बसेको छ। आज अपराह्न ४:३० बजेदेखि बैठक जारी छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत छन्। समसामयिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन बुझाएका हुन् । संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८-०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Read More

– दिपकराज भट्ट डडेल्धुरा- होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर रङ्गीन बनाउँछन् । ओ दाजु भाई,फागुन आई , फागुन मासमा होली मचाई । डडेल्धुरामा एउटा प्रख्यात होलीको यो स्लोगन आजभोली प्राय कमै सुनिन्छ । पहाडि जिल्ला डडेल्धुरामा भागेशवर रुपाल होली समाजले डडेल्धुरामा होली आयोजना गरेका छ । उक्त समाजले मौलिकतामा रहेर होली खेलेको पाईन्छ । प्रविधिको विकास सागै मौलिकता हराउदै गएको समयमा युवा पिडि लाई जागरुक गर्नका लागि होली मौलिकताका साथ खेलिएको रुपालका तारा सिंह ठकुराठीले बताउनुभयो । डडेल्धुरा जिल्ला सदरमुकाम को बजार क्षेत्रमा होली खेल्न लागिएको ठकुराठी बताउछन् । पछिल्लो समयमा होलीमा…

Read More

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी बनाउन खोजिएको भन्दै यदि त्यसो भएमा इतिहास दोहोरिन सक्ने भन्दै चेतावनी दिएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भने ‘जनयुद्ध हाँकेका माओवादीहरूलाई हत्यारा ठहर गर्ने चेष्टा कसैले नगरे हुन्छ।’ माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने भन्दै दुई सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौं सम्पत्ति थुपार्नेहरू अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरू अपराधी ? भन्ने प्रश्नसमेत गरे। उनले भने–‘यस्तै हो भने इतिहास दाहोरिन सक्छ, हेक्का राखे हुन्छ।’ उनले अहिले आफूहरूलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरूलाई जनयुद्धमा भेटेको भए त्यहीं सिध्याइदिने पनि…

Read More

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित कार्यक्रममा ओलीले भने, “मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस सम्बन्धमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गर्न माग गर्दा देशभर हत्या भयो ।” उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएको भन्दै आपत्ति जनाए । ओलीले गणतन्त्रका लागि मारिएको भनिने गरको बताउँदै जनयुद्धले राजतन्त्र नहटाएको दाबीसमेत गरे । आफ्नो स्वार्थका लागि अरुको जिन्दगी जाने काम…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे । २६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सो माग उठाएको हो। उक्त पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी बिष्टले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन्। बैठकमा बोल्दै उनले भनिन्, ‘प्रदेश सरकारमा भ्रष्टाचार मात्रै मौलाइरहेको छ, जनताले पनि चाहेका छैनन्। जनता पनि प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर रोडमा उत्रिरहेका छन्।’ साथै उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत पनि दिन नसकिने जानकारी गराइन्। राप्रपाले यसअघि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा राप्रपाबाट बिष्ट एक मात्रै सांसद हुन्।

Read More

धनगढी – नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफू र आफ्नो पार्टी सत्ताका लागि मात्र लागि नपरेको स्पष्ट पारेका छन्। आइतवार प्रदेश सभा बैठकमा बोल्दै चौधरीले यस्तो बताएका हुन्। नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनमा पनि टीकापुर घटनामा दोषी ठहरिएका रेशमलाल चौधरीको रिहाइको मुद्दालाइ नै प्रमुख एजेण्डा बनाएको उनले बताए। ‘अहिलेको नयाँ समीकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ। रेशमको रिहाइ आवश्यक छ।’ एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २६ माघमा राजेन्द्र सिंह रावल…

Read More

धनगढी – नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम राजनीतिक ‘कोर्ष करेक्सन’को ‘गेम चेन्जर’ बनेको बताएका छन्। प्रदेश सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘यो गेम चेन्जर ठाउँ हो, हामीले देखाइदिएका छौँ, सधै पूर्वबाट हुन्थ्यो, अघिल्लो पटक कर्णालीबाट भएको थियो, यो पटक सुदूरपश्चिमबाट भएको छ,’ उनले भने, ‘त्यस कारण सुदूरका मानिस राजनीति गर्न जान्दैनन्, पछाडि छन् भन्ने होइन, देशको राजनीतिलाई नयाँ दिशा दिने ठाउँ पनि हो भन्ने प्रमाण आज दिएको छ।’ यस्तै सोडारीले सुदूरपश्चिमबाट चुनाव अघिको गठबन्धन ब्यूँतिएर नेपाली राजनीतिलाई नयाँ दिशा दिएको बताए। ‘यो प्रदेश सभा यस्तो टर्न प्याइन्ट हो, जहाँबाट नेपाली राजनीतिले कोर्ष करेक्सन गरेको…

Read More