Author: Nisha Shrestha

काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो। आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेका छन्। घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ,समर्थकमा हितराज पाण्डे,राजेन्द्र प्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । भेटका क्रममा प्रचण्डले परिवारप्रति समवेदना प्रकट गर्दै शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका निर्देशन दिएको बताए ।

Read More

गोरखा – राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य तथा समाजसेवी रामराज कोइरालाले गोरखा जिल्ला सिरानचोक गाउपालिका वडा नं. ४ स्थित आरुबोटेमा अवस्थित समृद्धि कृषि सहकारी संस्थालाई कुर्सी सहयोग गरेका छन् । विगत २०७१ सालदेखि संचालित यश कृषि सहकारी ग्रामिण किसानहरुको आर्थिक उपार्जन र जिबनस्तर उकास्नमा केन्द्रित रहेको थियो । विभिन्न व्यक्ति र सहयोगबाट स्थापना भएको उक्त सहकारी आजका दिनसम्म आईपुग्दा आफ्नै भवन समेत तयार गरेको छ । बैठक बस्नका लागि कुर्सीको अभाव देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त सहयोग गरेको हो । बुधबार एक कार्यक्रमकाबीच राप्रपाको प्रतिनिधित्व गर्दै राप्रविसं केन्द्रीय संयोजक जे.पी. बगालेले उक्त कुर्सी हस्तान्तरण गरेका हुन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन्। डा.रुइतले अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकामा सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाउँदै प्रधानमन्त्रीले लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि डा। रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । यसको नगद राशि १० लाख डलर (झन्डै…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् । गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख निर्वाचनमा भने कांग्रेसले आफ्नै सांसद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा सभामुख, उपसभामुख चयन भैसकेपछि मन्त्रीपरिषद्लाई पूर्णता दिन दलहरु सकृय बनेका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २ जना मन्त्री मात्र नियुक्त गरेका थिए। रावलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकि संसदीय दलकी उपनेता सन्तोष शर्मा थापालाई मन्त्रीमा नियुक्त गरेका थिए। उनीहरुले सपथ पनि ग्रहण गरिसकेका छन्। तर, उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन। अब उनीहरुको मन्त्रालयको टुंगो र मन्त्रीपरिषद्लाई पूर्णता दिने काम एकसाथ गरिने बताइएको छ। जसकारण सत्तारुढ गठबन्धनमा रहेको निर्णायक दल नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा लैजान नेताहरु लागिपरेका छन्। सो पार्टीका संस्थापक तथा टीकापुर घटनामा जेल जीवन बिताईरहेका…

Read More

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । मङ्गलवार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्य विभाजन समेत भइसकेको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । उनलाई उम्मेदवार बनाउने निर्णय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठकले बुधबार गरेको हो । सभापति देउवा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेत रमेश लेखकसहितले बैठकले न्यौपानेको नामलाई औपचारिकता दिएको हो । त्यसपछि न्यौपाने उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेकी हुन् । न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने छिन् । न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । उनी २०७४ को आमनिर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा हाल जेलमा रहेका रेशम चौधरीसँग पराजित भएकी थिइन। सभामुखको उम्मेदवार टुङ्गो…

Read More

काठमाडौँ – आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेकाे छ । नेप्से ०.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० विन्दुमा झरेको छ । कूल २४८ वटा कम्पनीकाे एक कराेड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी…

Read More

कर्णाली – कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाँै बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभएको थियो । प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई २४ मत प्राप्त भएको थियो । त्यस्तै नेपाली कांगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ रहनुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट सो पार्टीको समानुपातिकमा निर्वाचित हुनुभएको हो । प्रदेशसभाको अर्को बैठक यही माघ…

Read More