Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढी: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलमा एक वर्षदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। १२ माघ २०८० मा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि सुरु भएको विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चारपटक नेतृत्व परिवर्तनको निर्देशन दिए पनि कार्यान्वयन हुन नसक्दा माओवादीभित्रको आन्तरिक कलह झन् चर्किएको छ। १२ माघमा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णयमा उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए।त्यसबेला भट्ट पक्षमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै थिए। तर, २१ फागुन २०८० मा संघीय…

Read More

धनगढी: अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको बलात्कार प्रयासपछि हत्या भएको खुलेको छ। गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुुवै किशोरी(फूपुुभदै) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुुलेको हो। हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।…

Read More

धनगढी: अछाममा भएको दुई जना किशोरीको हत्याकाण्डमा प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट केस सुल्झिएपछि पत्रकार सम्मेलन गर्न लागिएको हो। अछाम प्रहरीका प्रमुख डीएसपी इश्वरी प्रसाद भण्डारीले घटना विवरणबारे जानकारी दिन भोलि पत्रकार सम्मेलन गरिने महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार भोलि सो विषयमा विस्तृत विवरण सार्वजनिक गरिने छ। सो प्रकरण हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेकोमा थप अनुसन्धान जारी छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेश चन्दका अनुसार सो प्रकरण अनुसन्धानका लागि उनी आफूसहित केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, प्रदेश प्रहरी कार्यालय धनगढी, महेन्द्रनगर र अछाम प्रहरीसमेतको संयुक्त टोलीहरु खटिएका थिए। जिल्लाको ढकारी गाउँपालिका ८ की सरस्वती खड्का…

Read More

धनगढी: अछाम घटनामा प्रहरी सफलता नजिक पुगेको छ। प्रहरीले ज्यान मुद्दामा सफल अनुसन्धान भैरहेको भन्दै भोलि पर्सिभित्रै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी गरिएको अछाम प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार भोलि कार्यालय खुल्ने बित्तिकै पक्राउ परेका २ किशोरमाथि म्याद थप गर्दै उनीहरूको बयान प्रमाणीत गरिने छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटनालाई हत्या भएको हुनसक्ने कोणबाट मात्रै अनुसन्धान गरेकोमा बलात्कार प्रयास पनि भएको हुनसक्ने अनुमान गरेको छ। त्यसका लागि प्राविधिक चेकजाँचको पाटो प्रक्रियामा रहेको बताइएको छ। त्यसपछि थप खुल्ने प्रहरीको दाबी छ। अस्ति शनिबार अछामको ढकारीमा २ किशोरी मृत फेला परेका थिए। शनिबार साँझ ढकारी गाउँपालिका–१ स्थित जंगलमा १५ वर्षीया ईशरा…

Read More

धनगढी: धनगढीस्थित सीमानाका त्रिनगर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालका कर्मचारी तस्करबाट कुटिएका छन्।हिजो (मंगलबार) बेलुका धनगढी उपमहानगरपालिका-२ स्थित नलकाघाट क्षेत्रमा सशस्त्रका सहायक हवल्दार प्रकाश ढाँटमाथि आक्रमण भएको हो। सशस्त्रका कैलाली जिल्ला प्रमुख एसपी दलबहादुर पाण्डेले उनको टाउकोमा ढुंगाले हानेर चोट लागेको जानकारी दिए। उनका अनुसार तस्करको समूहबाट उनीमाथि आक्रमण भएको हो। आक्रमण हुनु अगाडि हिजो नै त्रिनगरका सशस्त्र प्रहरी प्रमुख डीएसपी बिष्णु उप्रेतीको सरुवा भएको थियो। यद्यपि उनले रमाना भने लिइसकेका छैनन्। स्रोतका अनुसार सहायक हवल्दार प्रकाशसहित सशस्त्रकै अर्का कर्मचारी कालू प्रसाद बुढा पनि चेकिङमा थिए। उनीहरूले चेकजाँच गर्ने क्रममा झाडीमा लुकेर भारतीय नागरिकसमेत रहेका गोबिन्द रानाको समूहले आक्रमण गरेको…

Read More

धनगढी: कैलाली जिल्लाका सात नाकामा नयाँ प्रहरी इन्चार्ज पठाइएका छन्। सुरक्षालाई थप प्रभावकारी बनाउन विभिन्न चौकीमा नयाँ प्रहरी इन्चार्ज पठाइएका हुन्। जसमा रामपुर चौकीमा असई नरेन्द्र सिंह रैखोला पठाइएका छन्। यसअघि पदम कार्की कुटपिटको घटनामा घाइते भएपछि उपचारका लागि बिदामा छन्। सो घटनामा संलग्न एकजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै कालाकुन्डा चौकीमा वरिष्ठ सई नरेन्द्र चन्द जिम्मेवारीमा पुगेका छन्, भने कालाकुन्डाबाट वरिष्ठ सई बिसन भट्ट फल्टुडे चौकीमा खटिएका छन्। यस्तै धनगढी विमानस्थलबाट त्रिनगर नाकाको सुरक्षामा वरिष्ठ सई समुद्र केशर पन्तले आएर जिम्मेवारी सम्हाल्दा यसअघिका त्रिनगर चौकीमा वरिष्ठ सई शैलेन्द्र चन्द आसरा सुधार केन्द्र पुगेका छन्। यस्तै फुलबारी चौकीमा वरिष्ठ सई…

Read More

धनगढी: अछाममा गाेठालाे गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको रहस्यमय घटनाकाे अनुसन्धान जारी छ। जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि थप टोली खटाइएको छ। प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको हो। जसमा एकजना पोलिग्राफ गर्ने असई पनि छन्। यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही सिलसिलामा अछाम जाने कार्यक्रम छ। अस्तिमात्रै ढकारी गाउँपालिका-१ काे छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो। सोही घटनाकाे अनुसन्धानका लागि टाेली परिचालन गरिएका हुन्। जिल्ला प्रहरी कार्यालयले किशोरी…

Read More

धनगढी: अछामको ढकारी गाउँपालिका–८ पल्सातामा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको खुलासा भएको छ। शनिबार साँझ ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने जंगलमा मृत फेला परेका थिए। प्रहरीले अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा हालसम्म झन्डै आधा दर्जनलाई नियन्त्रणमा लिएको छ। अछाम प्रहरी स्रोतका अनुसार १७ वर्षीय एक किशोरले मृतकमध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए। तर, किशोरीले अस्वीकार गरेपछि उनलाई भीरबाट खसालेर हत्या गरिएको हुनसक्ने बताइएको छ।घटनालाई अर्की किशोरीले देखेपछि उनलाई पनि सोही प्रकारले हत्या गरिएको हुनसक्ने स्रोतको बुझाई छ। यस प्रकरणमा पक्राउ परेकामध्ये किशोरीहरूको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंले आफैंलाई हतियार प्रहार गर्दा घाइते भएका छन्। आज बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा बिष्टले आफैंमाथि राइफलको गोली हानेर गम्भीर घाइते भएका हुन्। उनी सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका थिए जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट सिकिस्त बनेका छन् भने उनले एसएलआर राइफलबाट गोली चलाएको खुलेको छ। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी पनि पुगेका छन्। उनले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रहरी कर्मचारीहरूले आत्महत्या प्रयास गर्ने घटनाहरू बढिरहेका छन्। पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए। उनले पौष १२ गते आफैंलाई गोली हानेकोमा घाइते भएका थिए। उक्त घटनापछि न्यौपाने गम्भीर घाइते भएकोमा छन् बाँकेको कोहलपुरस्थित मेडिकल कलेज उपचार गरिएको थियो। यो घटना भन्दा ठीक एक महिना अघि, मङ्सिर १३ गते अछामको तुर्माखाद गाउँपालिका-३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले मदिरा सेवनपछि आफैँलाई गोली हानेका थिए। चन्दको घटनापछि उनी राजीनामा दिएर घर हिंडेका थिए। एक महिनाको अवधिमा सुदूरपश्चिममा मात्रै दुई जना प्रहरी कर्मचारीले आत्महत्याको प्रयास गरेका…

Read More