धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा सिस्नो क्याफे सञ्चालनमा आएको छ। १५ लाखको लगानीमा हरि रेग्मी र प्रकाश छेडालले क्याफे सञ्चालनमा ल्याएका हुन।
क्याफेको उद्घाटन गर्दै कैलाली होटेल व्यवसायी सघका अध्यक्ष केशवदत्त पाण्डेले व्यावसायिक सफलताको शुभकामना दिए।
क्याफेमा स्थानीय खानाका परिकार सँगै लोकल कुखुरा स्पेसल, थारु समुदायका झर्रो-पिरो स्वादका परिकार र सिस्नोको चटनी,सागको स्वाद लिन सकिने सञ्चालक प्रकाश छेडालले जानकारी दिए।
ग्राहकको सुविधालाई मध्यनजर बजारको कोलाहल र आधुनिकता भन्दा पनि प्रकृति सङ निकटता सङै आकर्षक परिकारको व्यवस्था रहेको अर्का सञ्चालक हरि रेग्मीले बताए।
Facebook Comments Box