Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार मुद्दामा आफन्तसमेत पर्ने व्यापारीक साझेदारलाई जोगाउन अनेक हतकन्डा गरेको खुलेको छ। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी तेजबहादुर चन्दलाई जोगाउन जयबहादुरले अनेक हतकन्डा गरेको पाइएको हो। हतकन्डा पनि, यतिसम्म कि अख्तियारको आयुक्तजस्तो सम्मानित पदमा बसेर अनुसन्धानको दायरामा हुनुपर्ने ती तेजबहादुरसँग जयबहादुरले खुलेआम भेट गरेको भेटिएको छ। आयुक्त जयबहादुरले महेन्द्रनगरमै पुगेर तेजबहादुरलाई भेटेको खुलासा भएको हो। अख्तियारका अनुसन्धान अधिकृतहरुले तेजबहादुरसमेत मुछिनुपर्ने मुद्दाको अनुसन्धान गरिरहेका बेला चन्दद्वयको भेट भएको देखिन्छ। तेजबहादुर चन्दको फेसबुक पोस्टका अनुसार जेठ २९ गतेको साँझ साढे ७ बजे…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो। अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय कार्यालयले मुद्दा नचलाएको बताइन्छ।यसले गर्दा अख्तियारकै औचित्यमाथि पनि प्रश्न उठेको छ। हिजो (मंगलबार) मात्रै आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने…

Read More

धनगढी: कैलालीमा हैजाको संक्रमण आउटब्रेक (फेला परेको) भएको छ। अस्ति भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरिगङ्गा नगरपालिका-११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्। दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। तर, त्यहाँको चिकित्सकले संकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएको थियो। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो। अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ।…

Read More

धनगढी: अछाममा एकजना प्रहरी नायब निरीक्षकले असुली धन्दा चलाएको आरोप लागेको छ। जिल्लाको चौरपाटी गाउँपालिकास्थित प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टले असुली धन्दा चलाएको आरोप लागेको हो। उनले चौरपाटी गाउँपालिकामा (मदिरा कारोबार गर्ने व्यापारी) ‘मदिरालयहरु’बाट रकम असुली गरिरहेका हुन्। चौरपाटी गाउँपालिकाले विगत केही वर्षदेखि न्यून गुणस्तर भएका मदिरा (ठेल्ला, ठेउका) बेच्न रोक लगाएको थियो। सोही नियमअनुसार पालिकाले प्रहरीको सहयोगमा मदिरा बेच्ने र सेवन गर्नेलाई जरिवाना गराउँदै आएको छ। पालिकाको नियम अनुसार पहिलोपटक बेच्नेलाई १० हजार र सेवन गर्नेलाई दुई हजार रुपैयाँ तोकिएको छ। तर प्रहरी चौकी सिउँडीका सई बिष्टले भने बच्ने र सेवन गर्नेबाट तोकिएको…

Read More

धनगढी: कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आज (आइतबार) कैलारी गाउँपालिका-८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो। कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो। उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ। यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ। जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदीय मर्यादा बचाउनै नसकेको पाइएको छ। उनले पदको गरिमा र मर्यादालाई नजरअन्दाज गर्दै (प्रतिनिधि सभा सदस्य) डा. आरजु राणा देउवालाई खुसी पार्ने काममात्र गर्ने गरेको पाइएको हो। प्रतिपक्षी दलहरुले मुख्यमन्त्री शाहले अहिलेसम्मका गतिविधि नियाल्दा मर्यादामा ध्यानै नदिएर आरजुको चाकरी गर्ने गरेको आरोप लगाएका छन्। आज (शुक्रबार) मात्रै मुख्यमन्त्री शाह आफ्नो मर्यादाक्रम भुलेर प्रतिनिधि सभा सदस्य डा. देउवाको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए। सामान्यतया आफूभन्दा उच्च पदस्थ व्यक्ति सुदूरपश्चिम आउँदा मुख्यमन्त्री स्वागतका लागि एअरपोर्ट जाने चलन छ। तर मुख्यमन्त्री शाहले पटकपटक आफ्नो मर्यादालाई लत्याएर आरजुलाई खुसी पार्ने गरेका छन्। नेपाल सरकारले निर्धारण…

Read More

धनगढी: डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी) बीच लफडा भएको छ। जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच लफडा भएको हो। राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन्। तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन्। प्रहरीका अनुसार हिजो (बिहीबार) राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा लफडा भएको थियो। राजेशले मदिरा सेवन गरेको अवस्थामा मेयरसँग विवाद भएको र मेयरले विवादका क्रममा ढुङ्गाले टाउकोमा हानेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी राजेन्द्र धमलाले महेन्द्रनगरपोष्टलाई बताएअनुसार गाउँकै…

Read More

धनगढी: कैलालीमा २ मिटरव्याजी पक्राउ परेका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेका हुन्। हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो। उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको जनाइएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि म्याद थप गर्ने तयारी भैरहेको र उनीहरूमाथि थप…

Read More

धनगढी: सरुवा भएको ५ महिनासम्म पनि एक हाकिमले धनगढीमै डेरा जमाएको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आयुर्वेदिक चिकित्सालयका तत्कालीन निमित्त प्रमुख खगेन्द्र बमले सरुवा भएको ५ महिनासम्म पनि धनगढीमै डेरा जमाएका हुन्। उनको बझाङ सरुवा भएकोमा उनी त्यहाँ नगएको बुझिएको छ। आयुर्वेद अस्पताल बझाङको प्रमुख भएर गएको ५ महिना बित्दा पनि बम धनगढीमै बसेका हुन्। उनी गत वर्ष फागुन २८ गते बझाङ सरुवा भएका थिए। तर, बमले सरुवा भएको १ महिनापछि रमाना बुझे। रमाना बुझेर एकपटक बझाङ पुगेका बम बैसाखमा हाजिर भएर धनगढी फर्केको अस्पताल स्रोतले बताएको छ। स्रोतका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालयमा निमित्त प्रमुख भएका बेला करारका कर्मचारी छनौटमा चलखेल…

Read More

धनगढी: सुदूरपश्चिममा बर्खासँगै विपत् पनि सुरु भएको छ। लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटनाहरु घट्न थालेका छन्। सोमबार रातिमात्र कैलालीको गोदावरीमा बाढीले त्यहाँ रहेको पुल क्षेत्रको कटान गर्नुका साथै संरचनामा क्षति पुगाएको छ। त्यहाँ अवस्थित मठ, मन्दिर एवं घरहरुमा बाढी पसेपछि क्षति पुगाएको हो। त्यतिमात्र होइन, गोदावरी नदीमा फसेका १९ जनाको सकुसल उद्दार पनि गरिएको छ। बाढीका कारण नदीमा फसेका ६ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेको थियो भने स्थानीय युवाको समूहले १४ जनाको उद्दार गरेर सुरक्षित स्थानतर्फ सारेका थिए। यस्तै वर्षाकै कारण गोदावरी नगरपालिका–४ को बुढितोलामा सडक भाँसिएर राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म…

Read More