Author: आशिष मल्ल

डडेलधुराका मल्ल महेन्द्रनगर पोष्ट डटकमका समाचार संयोजक हुन् । दिनेश खबरका पूर्वडेस्क सम्पादक मल्लसँग अनलाइनखबर, शिलापत्र लगायतमा काम गरेको अनुभव छ ।

काठमाडौं: डडेल्धुराका प्रेमसिंह ऐरले २०५८ मा आफ्ना दुई छोरा गुमाएका थिए। त्यो बेला जिल्लाको अमरगढी नगरपालिका-१ दगलखेत बस्दै आएका उनका २ छोरा एम्बुस(बम विस्फोट) मा परेर बितेका थिए। सशस्त्र द्वन्दकालमा घर नजिकै सेनाले बिछ्याएको एम्बुसमा परेर २ दाजुभाईहरुको ज्यान गएको थियो। एकैपटक दुई छोरा गुमाएको वियोगलाई कम गर्न ऐर परिवारमा पछि राकेशको जन्म भयो। २०६३ मा जन्मिएका राकेशकै अनुहार हेरेर त्यो परिवार आफ्ना दिन काट्दै थियो। राकेशसँगै २ दिदिबहिनी नै आफ्नो बुढेसकालको सहरा बन्ने सपना प्रेमसिंहले बुनेका थिए। तर, उनको परिवारमा खै कसको नजर लागेछ, राकेश पनि १७ वर्षको कलिलो उमेरमा परधाम गए। गाउँमा घटेको कहिलै नबिर्सन सकिने घटनापछि ऐर…

Read More

डडेल्धुरा: धनगढीमा बिहिवार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन्। उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन्। ‘म पनि उसको हरेक कुरालाई साचो मान्दै गए, उपहार पाए मृत्यु। सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन। बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरुको राम्रो चिताउछु तर मैले के…

Read More

डडेल्धुरा: गत वर्षको मंसिर २२ गते डडेल्धुराका ३६ वर्षीय तेजबहादुर साउद जन्ती पुगाउन जिप लगेर बैतडी गए। धेरै वर्षदेखि आफ्नै जिप चलाइरहेका उनी विप्पेकटाल पुगेका थिए। त्यहाँबाट फर्किदा राति उनी आफैले चलाइरहेको जिप बैतडीको पाटन नगरपालिका–१० डैसीली गाउँ नजिक दुर्घटनामा पर्यो। नवदुर्गा गाउँपालिका-५ उकलीमा रहेको घरभन्दा केही वर उनले चलाउने गरेको से१ज ८१६ नम्बरको जिप भिरबाट करिब २ सय ५० मिटर तल खोलामाथि भेटिएको थियो। तर, उनको शव भने जिपभन्दा ५० मिटर तल खोलामा फेला परेको थियो। घटनापछि मृतकका भाई टेक साउदले जिल्ला प्रहरी कार्यालय बैतडीमा दुर्घटना ‘रहस्यमय’ भएको भन्दै जाहेरी दर्ता गराएका थिए। त्यसपछि उनीसहित बुवा गम्भीर सिंह साउदले…

Read More

डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको खुलासा भएपछि ५ स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। उनीहरुले किर्ते हस्ताक्षर गरि आफ्नो नाम बाट त्रीपाल, टिन र जस्ता कुम्ल्याएको भन्दै कारबाहीको माग गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको थियो। स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन्। भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर…

Read More

डडेल्धुरा: संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट ३ जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन्। ११औं तहका मेसुको पद रिक्त छ। त्यस्तै, ‘विशिष्ट विशेषज्ञ’ भनिएको अस्पतालमा १८ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा हालसम्म ६ जना नेपाल सरकारको तर्फबाट, छात्रवृत्ति र करारबाट १६ जना करारमा कार्यरत छन्। यस्तै, ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा २९ जना सरकारको तर्फबाट, ६ जना अस्पताल विकास समितिको तर्फबाट र करारमा २६ जना र १ जना दैनिक ज्यालादारी गरी ६२ जना कार्यरत छन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको छ।१०९ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ५२…

Read More

डडेल्धुरा: गत असार ३० गते डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे। जिल्लाको अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित समातिएको थियो। भण्डारीसँग इजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको थियो। उनीसँग त हतियारको इजाजत(लाइसेन्स) थिएन। तर, हालसम्म जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट १ हजार ३० जनाले हतियार(बन्दुक) को इजाजत लिएको तथ्यांक छ। प्रशासनका नायब सुब्बा चन्द्र रोकायाका अनुसार ९३७ वटा भरुवा, ८३ वटा १२ बोरका बन्दुक र २२ बोरका १० बन्दुक प्रशासनमा दर्ता भइ इजाजत दिइएको छ। हाल ती मध्ये भरुवा ५५,…

Read More

डडेल्धुरा: हिजो मंगलबार साँझ पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा डडेल्धुरामा निर्माण भएको टहराको फोटो पोष्ट गरे। डिभिजन वन कार्यालय डडेल्धुराले २० लाखको लागतमा उक्त टहरा बनाएको भन्दै उनले तस्बिरमा लेखेका थिए। सो तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ। उपाध्यायका फ्लोअर्सले उक्त टहराबारे विभिन्न टिकाटिप्पणी गर्दै कमेन्ट गरिरहेका छन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका-२ मा बनेको उक्त टहरा २० लाखकै लागतमा बनेको हो त ? यस विषयमा बुझ्न हामी जिल्ला वन कार्यालय डडेल्धुरा पुगेको थियौं। त्यहाँ कार्यरत वन अधिकृत रणेन्द्र सिंहले हामीलाई उक्त निर्माणाधीन योजनाको इस्टिमेट नै देखाए। इस्टिमेट अनुसार उक्त योजना संघीय सरकारको शसर्त अनुदान अन्तर्गत रहेको पाइयो। साथै…

Read More

बैतडीको दशरथचन्द नगरपालिका–५ नौहाडमा जन्मेका महोनहरप्रसाद भट्टले प्रहरी अधिकृतको रुपमा सेवा सुरु गरेका थिए। हाल प्रहरी नायब उपरीक्षक(डिएसपी) भइसकेका उनी अहिले डडेल्धुराको प्रहरी प्रमुख भएर कमाण्ड सम्हालिरहेका छन्। उनीसँग कैलाली, कञ्चनपुुर, विरगन्ज, पोखरा, चितवन काठमाडौं लगायतका जिल्लामा काम गरेको अनुभव छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) मा समेत काम गरेका उनी अपराध न्यूनिकरणको कार्यमा पोख्त छन्। उनी जिल्लामा आएपछि लागुऔषध तथा मदिरा न्यूनिकरण, ट्राफिक नियम उल्लंघनका घटना र अपराध धेरै हदसम्म कम भएका छन्। डडेल्धुरामा १ वर्ष बिताइसकेका उनले विभिन्न अभियान नै थालेर जिल्लामा लागुऔषध सप्लायर्सको चेन तोडेका छन्। त्यसैगरी मादक पदार्थ सेवन गरि सवारी हाँक्नेमाथि कडा निगरानी गरिएको हुँदा धेरैले डिएसपी…

Read More

डडेल्धुरा: डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिका–५ बागबजारदेखि खलंगा जोड्ने निर्माणाधीन सडकको दुर्गति भएको छ। सदरमुकामको पूरानो बस्ती खलंगा र तल्लो खलंगा जाने उक्त बाटो भएरै ऐतिहासिक अमरगढी किल्ला पुग्न सकिन्छ। त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्याललय जानसमेत जिल्लावासीले सोही करिब ५ सय मिटरको बाटो प्रयोग गर्दै आएका छन्। तर, लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सडक नबन्दा स्थानीयले अहिले सास्ती पाइरहेका छन्। सडक बनाउन पुरानो सडक भत्काएर लामो समयसम्म राख्दा बर्खाको भेलले दु:ख दिइरहेको छ। सडक त्यत्तिकै छाड्दा भेलले बाटो चिप्लो हुनुका साथै जोखिमपूर्ण बनेको स्थानीय सजन सिंह ठकुरीले बताए। ‘यहि बाटोबाट विद्यार्थी हिंड्ने गर्छन्। माउन्टेन स्कुल पनि यहिबाटोसँग…

Read More

डडेल्धुरा: आफूमाथि न्याय नभएको भन्दै आवाज उठाउने सशस्त्रका सहायक निरीक्षक(असई) लाई झनै अन्याय भएको छ। सशस्त्र प्रहरी बल नम्बर ४३ रिजर्भ गण बनबेहडा दरबन्दी भइ हाल अत्तरिया बाहिनीमा कार्यरत असई बिजय बोगटी अहिले कारबाही भोगिरहेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-६ घर भएका बोगटीले केही समयअघि सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परिक्षा उत्तीर्ण गरेका थिए। लोकसेवाको कठिनतम् परीक्षा पार गरिसकेपछि उनले काँधमा ‘क्रस खुँडा’ भिरेको सपना देखे। तर, आन्तरिक परिक्षा (जीटीओ टिओ) गर्ने नाममा आफूलाई फालिएको उनको गुनासो थियो। सोही गुनासो सामाजिक संजालमा राख्दा उनी कारबाहीको भागेदार बन्नुपर्‍यो। अहिले उनी असई छानवीनका लागि हेडक्वार्टर तानिएका छन्। इन्स्पेक्टर उत्तीर्ण हुने र फेरि अनुत्तीर्ण गराइने उनै…

Read More