Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ। सिगास गाउँपालिकाको पनि प्रमुख को जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ। शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। भौगलिक रूपमा विकट बैतडीका तीन वटै पालिकामा प्रशासकीय अधिकृत अवस्थीले जिम्मेवारी बहन गर्न सक्लान् वा सक्दैनन् ? भनेर चासोका साथ हेरिएको छ। कतिपयले तीन वटा पालिकाको जिम्मेवारी किन लिएको भनेर उनीमाथि प्रश्न गरिरहेका छन्। तीन वटा पालिकाका जिम्मेवारी पाएपछि के भन्छन् त अवस्थी ?सुर्नया गाउँपालिकाका…

Read More

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो। नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गरेका छन्। पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उनका सहयोगी दिवस राजवंशीले बताए। एमालेले पथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको…

Read More

काठमाडौं : एसिसी यू१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भयो। बहराइनलाई सस्तैमा अल आउट गर्न दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए। बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए। उनी दुर्गेशको बलमा बोल्ड आउट भए। एक समय १०.५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए। ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर…

Read More

काठमाडौं : हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो। नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए। ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ’, उनले भने। दसैँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल…

Read More

बझाङ: बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ। यस्तै छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ। भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए। यस्तै एकजनाको मृत्यु भएको थियो। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा…

Read More

धनगढीः कैलालीस्थित धनगढीका दुइ युवा लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट उनीहरू पक्राउ परेका हुन। २ ग्राम २१० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २३ वर्षीय सन्तोष राना र २२ वर्षीय शिवा राना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय, बेलडाँडी कञ्चनपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका-५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको प्रहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोकिएको हो।

Read More

इलाम: भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्। उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ। इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ। परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताइएको छ। \पाँच जना नेपालीहरु गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए। सोही दिन सिक्किमको उत्तरी भेगकोे…

Read More

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्। मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ। कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।

Read More

कैलाली : इजरायलमा हमास समूहले गरेको आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारजना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्‍याएका छन्। बिहीबार नेपाल एयरलाइन्समार्फत काठमाडौँ पुगेका विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका हुन्। कृष्णपुर नगरपालिका–२ का नरेश सिंह भण्डारी, प्रकाश भारती र वडा नम्बर ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमानमार्फत धनगढी ल्याएका थिए। धनगढीबाट नगर प्रमुख ओझाले उनीहरुलाई नगरको गाडीमा घर–घरसम्म लगेका हुन्। नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्नेबारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केही गर्ने बताएका छन्।

Read More