Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास-ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ । मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरुपमा कम्तिमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आग्रह गरेका छन् । त्यस्तै, अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरीसकेपछि सोही अनुरुप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई आग्रह गरिएको छ । केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तनाव व्यवस्थापनका लागि योगरध्यान गर्नुपर्ने बताएका थिए ।

Read More

धनगढी: गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेदप्रकाश जोशीको समय नपुग्दै सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले जोशीलाई आज हेडक्वाटर तानिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। कैलाली बस्दासमेत विवादित बनेका जोशीलाई फितलो कमान्डका कारण तानिएको स्रोतले जनाएको छ। जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई पनि निलम्बन गगरिएको छ। श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको बताएका थिए। उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी…

Read More

पोखरा: चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख…

Read More

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो। नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भोलि बिदाई दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। यस्तै पुर्चाैडी नगरपालिकाले  बिहीवार सार्वजनिक बिदा दिएको  छ। नगरपालिकामा  लाग्ने मेला पर्वका लागि सार्वजनिक बिदा दिएको हो। भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी…

Read More

अछाम : देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेेका हुन्। स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न मागगरेका हुन्। जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए का छन्। रासस

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छड्के हानेको छ। स्रोतका अनुसार हिजो (सोमबार) अख्तियारको एक टोलीले प्रदेश सभामा छ्ड्के अनुगमन गरेको हो। संरचना तथा भवन निर्माणको कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारको टोलीले छड्के हानेको हो। प्रदेश सभाको गत वर्ष नै निर्माण गरिनुपर्ने गेट र संसदीय दलको भवनहरुको काम नसकी भुक्तानी दिएको भन्ने उजुरीका आधारमा अख्तियारले छड्के हानेको स्रोतले जनाएको छ। सो सम्बन्धमा अख्तियारको टोलीले कागजातसहित स्थलगत निरीक्षण नै गरेको बताइन्छ। यता प्रदेश सभा सचिवालय स्रोतले भने काम सम्पन्न भैसकेको अवस्थामा नै भुक्तानी दिइएको दाबी गरेको छ। गत आर्थिक वर्षको बजेटमा गौरीशंकर निर्माण सेवाले…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ । गण कमाण्डका लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा नामावली प्रकाशन गरिएको हो। प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले ज्येष्ठताको आधारमा कमाण्डको जिम्मेवारी नगरेका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। एफपीयु मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्ष भन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने डिएसपी थापाले बताए । एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान…

Read More

काठमाडौं:  घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल आज साँझ ५ः३० बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता र भारत समूह बीको विजेताको रुपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को हात व्यहोर्न पुगेको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उता भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ गोल अन्तरले हराउदै समूह बी को विजेता बनेको थियो ।

Read More

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से ५ प ३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनामा चालक भजनी नगरपालिका-३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन्। उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको छ।

Read More

काठमाडाैं: सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँ छ ।

Read More