Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो। भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले खराब सुरुवात गरेको छ। ७ ओभरको खेल सकिँदा श्रीलंकाले १७ रन बनाएर ६ विकेट गुमाएको छ। श्रीलंकाका पथुम निसानका दुइ रन बनाएर आउट भए भने कुसल परेरा, सदीरा समरविक्रमा, चरित असालान्का र दासुन शानकाले रनको खाता नै खोल्न सकेनन्। धनन्जय डी सिल्भा ४ रनमा आउट भए। भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिएका छन् भने जसप्रित बुमराहले एक विकेट लिएका छन्।

Read More

धनगढी: धनगढीबाट एक किशोर बेपत्ता भएका छन्। डोटीको केआइसिंह गाउँपालिका स्थायी घर भएर हाल धनगढी बस्दै आएका किशोर बेपत्ता भएका हुन्। भदौ २५ गते बिहानबाट रुपक (रुपै) बलायर बेपत्ता भएको बताइएको छ। अहिले प्रहरीले पनि उनको खोजी गरिरहेको छ।

Read More

काठमाडौं : अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ। पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए। प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत् डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा…

Read More

काठमाडौं : न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन्। आइबतार न्याय सेवा आयोगले जारी गरेको सूचनामा१ जना मात्र उत्तीर्ण भएको उल्लेख छ। २९ जना जिल्ला न्यायाधीशका लागि आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन्। आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको छ। आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो।

Read More

काठमाडौंः गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएका कैदीबन्दीलाई माफी मिनाहाको सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले माफी मिनाहाको सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ गृह मन्त्रालयले मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालय यसबारेमा स्पष्ट हुन खोजेको हो। सरकारले संविधान दिवस (असोज ३ गते)का अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ। गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख नगरिएको शीतल निवास स्रोतको भनाइ छ। त्यसकारण उनीहरूलाई माफी दिनुपर्ने कारण खुलाउन शीतलनिवासले गृह मन्त्रालयलाई पत्राचार गरेको हो। राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ। कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको…

Read More

बुटवलः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ। विस्फोटबाट सडकमा क्षति पुगेको छ। विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ। आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो। सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए। विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

Read More

बैतडी : एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ‘ओपन स्पेस’ वा खोली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई। त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर, त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो। स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ…

Read More

धनगढीः नेपाल प्रहरीका एआइजी सन्दीप भण्डारी सुदूरपश्चिम आएका छन्। भण्डारी आज सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुगेको स्रोतले जानकारी दिएको छ। भण्डारी निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले एआइजी अनुगमन तथा निरीक्षणमा आएको जानकारी दिए। उनका अनुसार प्रहरी दिवसको प्रयोजनका लागि कार्यरत नेपाल प्रहरीका कर्मचारीको प्रफमेन्स हेर्न एआइजी सुदूरपश्चिम आएका हुन्। एआइजीले प्रदेश प्रहरीका युनिट लगायतमा निरीक्षण तथा अनुगमन गर्ने बताइएको छ। करिब २ दिन उनी यो प्रदेशमा रहने र त्यसपछि नेपालगन्ज जाने कार्यक्रम छ। अहिले देशका सबै प्रदेशमा यस्तो अनुगमन भैरहेको छ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी हेरफेर गरेको हो। आर्थिक मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समूह, सहायक पाँचौ, अधिकृत छैटौं तहका १६ वटा कर्मचारी हेरफेर गरेको छ भने सामाजिक विकास मन्त्रालयले २९ जना कर्मचारीको सरुवा गरेको छ। यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गतेको निर्णयअनुसार २२ जना कर्मचारीको सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलले भदौ २९ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ पाचौं/छैटौं तहका १८ कर्मचारीको सरुवा गरेको छ।

Read More

धनगढी: कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका-६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारेको र बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।

Read More