Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रेशमलाल चौधरी हत्यारा भए फाँसी दिन भनेका छन् । उनले पत्रकार सम्मेलनमा यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन माग गरेका हुन् । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो । वरिष्ठ उपाध्यक्ष पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन ? भनेर सरकारलाई प्रश्न गरे । उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो…

Read More

धनगढी: धनगढीमा पछिल्लो समयम गर्मी निकै बढिरहेको छ । मंगलवार ३७ डिग्री सेल्सियस मापन गरिएको धनगढीको तापक्रम बुधवार पनि सोही अनुपातमा रहेको मौसम विभागले जनाएको छ । गर्मीको समयमा शरिरमा विभिन्न प्रकारका समस्या देखिने भएकाले दिउँसोको समयमा बाहिर ननिस्कन र निस्किनु परे छाता तथा पूरा शरिर छाप्ने लुगा लगाउन चिकित्सकले सुझाएका छन् । लु तथा गर्मी मौसममा हुन सक्ने अन्य रोगहरुबाट बच्न अत्याधिक मात्रामा पानी पिउनुपर्ने भनिएको छ ।

Read More

काठमाडौँ: सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्ना गल्ति लुकाउन पत्रकारलाई नै नियुक्ति दिएको आरोप लागेको छ । उपमेयर राम चलितर महतोले मेयर चौधरीले आफूले गरेका गलत क्रियाकलापका समाचार ढाकछोप गर्न नगरपालिकामा पत्रकारहरूलाई नियुक्ति दिएको आरोप लगाएका हुन् । महतोले प्रेस विज्ञप्ति जारी गर्दै आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार, पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् । मेयरले गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ: सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको बताइएको छ । उनी यती समूहका अध्यक्ष पनि हुन् । ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए ।

Read More

धनगढीः सार्वजनिक यातायातको भाडा दर घटेको छ । मंगलवार रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो । आज (जेठ ३ गते) देखि लागू हुने गरी भाडा समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ । अब काठमाडौं–धनगढीको भाडा एक हजार ९ सय ६२ बाट घटेर एक हजार ८ सय ९९ कामय भएको छ । त्यस्तै काठमाडौं–महेन्द्रनगरको भाडा एक हजार ९ सय ७८ बाट घटेर एक हजार ९ सय १५ कामय गरिएको छ । काठमाडौं–अत्तरिया–डडेल्धुराको भाडा दुई हजार तीन सय १२ बाट घटेर…

Read More

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।

Read More

काठमाडौँ: सुदूरपश्चिमको खप्तड क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आग्रह गरेका छन् । सुदूरपश्चिमका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीले महासंघका अध्यक्ष ढकाललाई भेट्दै यस्तो आग्रह गरेको हो । जवाफमा खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले बताए । खप्तडमा पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्यांकन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

Read More

कैलाली: टीकापुर घटनामा कैलाली कारागारमा रहेका सीताराम चौधरी सर्वोच्च अदालतले निर्दोष ठहर गरेपछि छुटेका छन् । मंगलवार सर्वोच्चले निर्दोष ठहर गर्दै फैसला गरेपछि चौधरी बुधवार रिहा भएका हुन् । चौधरी २०७३ वैशाख २७ गते पक्राउ परेका थिए । सीतारामसँगै गंगाराम चौधरीलाई पनि सर्वोच्चले निर्दोष ठहर गरेको थियो । टीकापुर घटनामा उनी निर्दोष ठहर भएपनि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका पत्रकार प्रहरीले दादागिरी देखाएको भन्दै आक्रोशित भएका छन् । सुकासालमा भिडियो तथा फोटो खिचिरहेका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनहिरु आक्रोशित भएका हुन् । पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ । बुधवार बिहान बैठक बसी एसपी थापा पत्रकारमैत्री नभएको र पत्रकारमाथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरिरएको छ । आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने र सो अवधिमा सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको छ । साथै…

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका लक्ष्मण सिँहले आज पदभार ग्रहण गरेका छन्। बागबजारबाट स्थानीयलाई भेट्दै अस्पताल पुगेका उनलाई कर्मचारीले भव्य स्वागत गरेका थिए। उनले पदभार गर्नुअघि बिरामीलाई फलफूल वितरण समेत गरेका थिए। स्वागतपछि पदभार ग्रहण कार्यक्रममा बोल्दै सिँहले आफ्ना पुराना कार्यकाल जस्तै यसपालि पनि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी तथा आवश्यक सम्पूर्ण स्वास्थ मेसिन ल्याएर सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका छन्। उनले तेस्रो कार्यकालमा डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रियालाई पूर्णता दिने विश्वास दिलाए। ‘ अभावमा गुज्रिरहेको अस्पताललाई सर्वसुलभ बनाउन कुनै कसर बाँकी राख्दैन। म आवश्यक सबै चिकित्सक तथा स्वास्थ सामग्री ल्याउन…

Read More