काठमाडौं: एलओडी क्लबका दुई महिला कामदारलाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो। पीडितहरुले आफूहरुलाई सोह्रखुट्टेमा लागि खाजा खुवाउने बेला र एक होटेलमा गरि ९ क्वाटर रक्सी(गोल्डेन ओक) खुवाएर झ्याप बनाएको बताएका छन्। आरोपितहरुले ट्याब्लेटसमेत खुवाएर बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाली क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछाने टिमसँगै दक्षिण अफ्रिका जान नपाउने भएका छन् । सन्दीपविरुद्ध विचाराधीन नाबालिका बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम फैसला नहुँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान नपाएका हुन् । न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको फैसला हुने बताएपछि आजको पेसी रोकिएको हो । अदालती प्रक्रिया लम्बिएका कारण उनलाई दक्षिण अफ्रिका जानबाट रोकेको हो ।
बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-१३ मा कार र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् । बा.१३च ८२५३ नम्बरको कार र मे.१ ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी डाक्टर सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरले बताए। मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइलो भाइबुहारी हुन्। सन्जुका पति प्रा.डा डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन्। बसमा सवार ६ यात्रु सामान्य घाइते रहेका छन्।
काठमाडौँ: हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
धनगढी – कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो । ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् । विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।
धनगढी – कैलालीको धनगढीस्थित बेहडाबाबा मेलामा आजबाट गंगा दशहरा मेला लागेको छ। तर, निकै चर्चित उक्त स्थानमा सुरक्षा दिन भने कैलाली प्रहरी असफल जस्तै बनेको छ। जसको पुष्टि आज घटेका घटनाले गरेको छ। धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिनबाट चार दिनसम्म मेला लाग्ने गर्छ। तर, यो वर्ष भने प्रहरी र मन्दिर व्यवस्थापन समितिको लापरबाही २ जनाको ज्यान गरेको छ भने समाजिक सञ्जाल विभिन्न टिकाटिप्पणीले भरिएको छ। बेहडाबाबा मेलाको सुरक्षा र व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते…
धनगढी – सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल,राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा तीन दिने जीवनउपयोगी सीप तालिम सुरु भएको छ। आजबाट सुरु भएको तालिम जेठ १८ गते सकिने छ। किशोर किशोरीहरूलाई सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जस्ता जीवनोपयोगी सिप जरुरी रहेको र जीविकोपार्जन कार्य गर्न जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ। तालिमको प्रमुख प्रशिक्षक बालिका दुलही होइनन् की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट हुनुहुन्छ भने तालिममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै ३० जना किशोर किशोरीको…
काठमाडौँ – बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।
धनगढी – कञ्चनपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह पक्राउ परेका हुन्। नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कानूनी कारबाहीका लागि प्रकृया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ।
कञ्चनपुर- कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीका चक्रबहादुर बिष्टको घरमा बिद्युत लाईन सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरमा रहेको काठ, फर्निचर, लत्ता कपडा, भाँडावर्तन, अन्नपात लगायत अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।