Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा मदिरा पसलमा भेटेनरी सेवा सञ्चालन गरेको पाइएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा मदिरा पसलमा भेटेरेनरी सञ्चालन गरेर औषधी विक्रिवितरण हुने गरेको पाइएको हो । मंगलवार गरिएको अनुगमनका क्रममा लाइसेन्स अर्कैको नाममा त्यसमाथि मदिराको कारोबारसंगै भेटेनरी सेवा समेत प्रवाह गरेका गाउँपालिकाको वडा नम्बर ३ र ४ भित्रका अधिकांश पसलमा अनुगमन गरेर जरिवान काटिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, ती वडामा नियमविपरित सञ्चलनमा रहेका पसलहरुमा ८२ हजार जरीवाना असुल गरिएको र तीन ओटा पसल सिल गरिएका जनाइएको छ । अन्य पसलहरुमा समेत अनुगन गरेर ५१ हजार मूल्य बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।

Read More

कञ्चनपुर: कञ्ञ्चनपुरका किसान मल नपाएर हैरान भएका छन् । मल नपाएर हैरान भएका जिल्लाको कृष्णपुर नगरपालिका २ का किसानको सहकारी कार्यालयमा भिड लागेको छ । उक्त वडाको वाणीस्थित चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थामा किसानहरुको भिड लागेको हो । खेतीपाती गर्ने समयमा मल नपाउन थालेपछि किसान चिन्तित बनेका छन् । कुनै एउटा वडा वा स्थानीय तह मात्र नभई सुदूरपश्चिममा नै सधैँ मल अभाव हुने गरेको छ । सरकारले नै मल आपूर्ति गर्न सकेको छैन । जसका कारण किसानहरु मर्कामा पर्ने गरेका छन् ।

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर र विश्व खाद्य कार्यक्रम नेपालका लागि प्रतिनिधि तथा निर्देशक रोबर्ट कास्काबीच वार्तालाप भएको छ । दुबै जनाबीच मुख्यमन्त्रीको कार्यकक्षमा विशेष वार्तालाप भएको बताइएको छ । भेटमा सुदूरपश्चिमको खाद्य अवस्था र आवश्यक समन्वयको बारेमा छलफल भएको बताइएको छ।

Read More

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–१० का किसानलाई बाख्रा वितरण गरिएको छ । प्रदेश सरकारको सहयोगमा वडाका सय जना किसानलाई १/१ ओटा खरिजातका बाख्रा वितरण गरिएको हो । किसानहरुलाई आत्मनिर्भर बनाउन वडामा प्रदेशको बजेटबाट सञ्चालित कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको वडा अध्यक्ष त्रिलोक सिंह विष्टले बताए । यस्तै, दुई ओटा समूहमा बोका पनि वितरण गरिएका छन् । दुई समूहलाइ दुई बोका वितरण गरिएको बताइएको छ । यसअघि पनि वडामा बाख्रा वितरण गरिएको थियो । अहिले छुटेका किसानलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष विष्टल बताए ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्द फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । तीन कट्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर विक्री गर्दा उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनी इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताएका छन् । फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल, प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रेशमलाल चौधरी हत्यारा भए फाँसी दिन भनेका छन् । उनले पत्रकार सम्मेलनमा यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन माग गरेका हुन् । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो । वरिष्ठ उपाध्यक्ष पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन ? भनेर सरकारलाई प्रश्न गरे । उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो…

Read More

धनगढी: धनगढीमा पछिल्लो समयम गर्मी निकै बढिरहेको छ । मंगलवार ३७ डिग्री सेल्सियस मापन गरिएको धनगढीको तापक्रम बुधवार पनि सोही अनुपातमा रहेको मौसम विभागले जनाएको छ । गर्मीको समयमा शरिरमा विभिन्न प्रकारका समस्या देखिने भएकाले दिउँसोको समयमा बाहिर ननिस्कन र निस्किनु परे छाता तथा पूरा शरिर छाप्ने लुगा लगाउन चिकित्सकले सुझाएका छन् । लु तथा गर्मी मौसममा हुन सक्ने अन्य रोगहरुबाट बच्न अत्याधिक मात्रामा पानी पिउनुपर्ने भनिएको छ ।

Read More

काठमाडौँ: सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्ना गल्ति लुकाउन पत्रकारलाई नै नियुक्ति दिएको आरोप लागेको छ । उपमेयर राम चलितर महतोले मेयर चौधरीले आफूले गरेका गलत क्रियाकलापका समाचार ढाकछोप गर्न नगरपालिकामा पत्रकारहरूलाई नियुक्ति दिएको आरोप लगाएका हुन् । महतोले प्रेस विज्ञप्ति जारी गर्दै आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार, पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् । मेयरले गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ: सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको बताइएको छ । उनी यती समूहका अध्यक्ष पनि हुन् । ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए ।

Read More

धनगढीः सार्वजनिक यातायातको भाडा दर घटेको छ । मंगलवार रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो । आज (जेठ ३ गते) देखि लागू हुने गरी भाडा समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ । अब काठमाडौं–धनगढीको भाडा एक हजार ९ सय ६२ बाट घटेर एक हजार ८ सय ९९ कामय भएको छ । त्यस्तै काठमाडौं–महेन्द्रनगरको भाडा एक हजार ९ सय ७८ बाट घटेर एक हजार ९ सय १५ कामय गरिएको छ । काठमाडौं–अत्तरिया–डडेल्धुराको भाडा दुई हजार तीन सय १२ बाट घटेर…

Read More