Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिवार सरकार विस्तार गरे। नेपाली काँग्रेसका दलका नेतासमेत रहेका शाहले आफू नियुक्त भएको एक सय दिनपछि सरकार विस्तार गरेका हुन्। तर, अझै सरकार भने पूर्ण हुन सकेको छैन। सत्ता साझेदार दलको रुपमा रहेको रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नगएपछी सरकार अपूर्ण बनेको हो। सो पार्टीले मुख्यमन्त्रीसमक्ष सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्रीको डिमाण्ड गरेका थिए। तर त्यसमा भागवण्डाका क्रममा उनीहरुको माग पूरा हुन सकेन। त्यसै कारण उनीहरुले आफ्नो पार्टी सरकारमा नगएको बताएका छन्।भागवण्डाका क्रममा गठबन्धनभित्र सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रले लिएपछि नागरिक उन्मुक्ति चिढिएको हो। नागरिक उन्मुक्ति पार्टीका…

Read More

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । न्याय र समृद्धिको योगफल नै लोकतन्त्र भएको बताउँदै उनले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका हुन् । त्यस्तै, उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग पनि माग गरेका छन् ।

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउदले विभागको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रमको १८५ नम्बर बुँदामा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको बताउँदै यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको बताएका हुन् । ‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिएन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन’, उनले भने ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरेका छन् । ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताएका छन् । उनी भन्छन्, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।’ देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए । उनले नीति तथा कार्यक्रमले आम नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने, रूपान्तरणकारी नीति नभएको दाबी गरेका छन् ।

Read More

धनगढी: आज पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढी आउने कार्यक्रम रहेको छ। पूर्व राजपरिवार आजै धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। उक्त अभिनन्दन कार्यक्रमको व्यवस्थापक राप्रपाका प्रतिनिधि सभा सदस्य समेत रहेका महामन्त्री धवल शमशेर राणा रहेको बुझिएको छ। उनी नेपालगन्जका स्थानीय भएपनी धनगढीमा राजा ल्याएर उनले कार्यक्रम…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक युवाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी आठ महिनाअघि मात्रै पोर्चुगल पुगेका थिए ।

Read More

काठमाडौँ: दूरपश्चिमसहित पाँच प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । सुदूरपश्चिमका ५, बाग्मतीका ३, कोशीका ७, गण्डकीका १० र कर्णालीका ९ ओटा गरी ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । ३४ जिल्लाका सय पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ । यो आयोजना मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको बताइएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाइले सन् २०२९…

Read More

धनगढीः कैलालीको चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएको छ । पालिकाको वडा नम्बर ४ स्थित टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको हो । चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार १०५ हेक्टर वन क्षेत्र खाली गराइएको छ । शनिवार टाँकगडाका १३५ टहरा र पैनेरुवामा ३५० टहरा डोजर लगाएर भत्काइएको हो ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका-९ को कार्यालय नजिकैबाट पाँच गोलिया सालको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लिएको हो। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने जनाइएको छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए।

Read More