Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीको सुधार गृहबाट एक महिला बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ मा रहेको सुधार गृहमा बस्दै आएकी धनगढी–६ जाली बिजुलिया माइत भएकी जलुपा पाण्डे सुधार गृहबाटै बेपत्ता भएकी हुन् । अन्दाजी ४० वर्षीया पाण्डे वैशाख २५ गते सोमवारदेखि हराएको बताइएको छ ।

Read More

कैलाली: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की भएको खुलेको हो । सामाजिक सञ्जालमा मृतकको तस्बिर देखेपछि जिल्ला प्रहरी कार्यालय पुगेका सार्कीका परिवारले उनको सनाखत गरेको प्रहरीले जनाएको छ । मृतकको परिवार घटनाको अनुुसन्धानका लागि जाहेरी दिने तयारीमा छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।

Read More

डडेल्धुराः प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ। ‘महिनाको तीन हजारका दरले भाडा हो। असोजदेखिको आठ महिनाको भाडा बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’ भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। तर, ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। उनी अब करिब २ हप्तापछि मात्रै नेपाल फर्कने बताइएको छ। गतवर्ष सम्पन्न प्रतिनिधि…

Read More

कैलाली: कैलालीको धनगढीमा चार लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ बसपार्क पछाडि सुपप्र ०१००१ह४०८५ नम्बरको अटोबाट चार लाख ४४ हजार रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भन्सार छली सामान ल्याउँदै गरेका अटो चालक प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । अटोमा रहेका सामान बरामद गरी अटोलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानमा खादा, धोती, साडीलगायतका लत्ताकपडा रहेका छन् ।

Read More

कैलालीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–९ धनचैयाका २३ वर्षीय महेन्द्र विक लागुऔषधसहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई १ सय ५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

काठमाडौं: नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई गिरफ्तार गरेको छ। हिजो बेलुका प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना स्थानीय युवालाई पक्राउ गरेको हो। ६३ एम्पुल रेक्सोजेसिससहित वडा नम्बर ४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नम्बर १८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। राईले उक्त लागुऔषध कालो पोलिथिनमा हालेर कट्टुभित्र लुकाइराखेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

कैलाली: २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ। यो मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो।  हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो।  यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चाैधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेकाे थियाे। चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्।  जेलबाटै उनले आफूहरू निर्दाेष रहेकाे दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए। रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ।

Read More

दार्चुला: दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ। आज उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको हो। जिल्लाको व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। शनिबार राती चट्याङ लागेर उनीहरु घाइते भएका थिए। बाटो पनि अप्ठेरो भएकाले प्रहरी टोली उक्त स्थानमा पुग्न सकेको थिएन।

Read More

धनगढी: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका एक युवकको परिवारलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। हिजो सोमबार साँझ धनगढी उपमहानगरपालिका-३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएपछि उनको त्यहीँ मृत्यु भएको थियो। तर, अन्दाजी ३८ वर्षीय ती पुरुषको हालसम्म पनि सनाखत हुन सकेको छैन। प्रहरीले उनलाई चिन्ने जो कोहीले सम्पर्क गर्न अनुरोध गरेको छ। हाल लाश सेती अस्पतालको शवघरमा राखिएको छ।

Read More