कैलाली: कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ । ‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक–डेढ महिना भइसकेको छ,’ चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’ यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न…
Author: महेन्द्रनगर पोष्ट
टीकापुर: राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ। जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ। आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो। यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए। यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ। श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ…
डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने तयारी गरेको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। यहि बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले बजेटपछि सुदूरपश्चिम सरकार ढल्ने संकेत गरेका छन्। नेकपा माओवादी सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह मालले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारले एकल निर्णय गरेको आरोप लगाएका छन्। उनले सरकारले ल्याउन लागेको बजेटमा आफूहरु सन्तुष्ट नभएको प्रष्ट पारेका हुन्। सोही कारण बजेटपछि सुदूरपश्चिम सरकारको आयु घट्ने संकेत उनले गरेका छन्। आज बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको आज…
कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने भएको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन गर्ने भएको छ। संघीय सरकार आलोचित भइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही बाटो पछ्याएको छ। चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले नाम हेरफेर गरेर कार्यक्रम ब्युँताएपछि प्रदेश सरकार पनि त्यही बाटोमा लाग्ने तयारी गरिरहेको छ। सुदूरपश्चिममा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र छन्।…
काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कुमारी कौशीला चन्द विवादको भूमरीमा फसेकी छन्। जातीय विभेद हुने खालको अभिव्यक्ती दिएको आरोपपछि उनको चौतर्फी आलोचना भैरहेको छ। उपप्रमुख चन्दले नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते नगरपालिकामै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भाषण ठोकेकी थिइन्। त्यसक्रममा अन्तरक्रिया चलिरहेकै बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’ दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले…
धनगढीः धनगढीको बिशालनगरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ। धनगढी उपमहानगरले सडक फराकिलो बनाउन बिशालनगर सडक आसपासका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको हो। साँघुरो सडकका कारण दुर्घटनाको जोखिम हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको हो।
धनगढी: बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या गरेको आरोपमा एक युवा समातिएका छन्। आज (बिहीबार) धनगढीको बसपार्कबाट कैलाली प्रहरीको मोबाईल टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा रनसिंह ऐडी रहेका छन्। उनलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा पक्राउ गर्न बाजुरा प्रहरीले पत्राचार गरेको थियो। सोही अनुसार कैलाली प्रहरीसहित अनेरास्ववियु कैलाली र राष्ट्रिय युवा संघ नेपालको सहयोगमा उनलाई समातिएको बताइएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा चेतनको विभत्स हत्या भएको थियो। उनी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत थिए। घटनापछि फरार रहेका रनसिंह लामो समयदेखि धनगढीमा…
याङ्गुन : म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो । मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ।
काठमाडौं : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् । सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।