Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का ४८ वर्षिय कालुसिंह धामीको खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हो। खोला तर्दा चिप्लिएका धामीको ढुङ्गामा टाउको लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको समूह भने घटना स्थल पुगेको छैन्। वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

महेन्द्रनगरः दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–५ देवगाउँ बस्ने ६१ वर्षीय जय बहादुर नाथको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो। उनी गोकुलेश्वर लागेको मेला हेर्न गएका थिए। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालमा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको थियो।

Read More

धनगढीः धनगढीमा प्रहरीले एक जना होटल व्यवसायी महिलालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले बिहीबार दिउँसो इन्द्रेणी होटलकी सञ्चालक ४० वर्षीया राधिकादेवी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी धनगढी उपमहानगरपालिका ४ की स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेर एक महिना कैद सजाय सुनाइएकी विष्टलाई पक्राउ गरिएको जानकारी दिए। उनी प्रहरीको फरार प्रतिवादीको सूचीमा रहेकी थिइन्। विष्टलाई २०६३ सालमा जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो।

Read More

धनगढीः धनगढीस्थित छ लेन सडकखण्डमा बस दुर्घटना भएको छ। आज (बिहीवार) दिउँसो धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकको चटकपुरमा ना ७ ख ५८७४ नम्बरको बस अनियन्त्रित भएर रेलिङमा ठोक्किएको हो। यस्तै सोही बसले एक साइकलयात्रीलाई पनि ठक्कर दिएको छ। बसले धनगढी उपमहानगरपालिका २ की २४ वर्षीया आरती चौधरीलाई ठक्कर दिएको हो। चौधरीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बस र चालक २३ वर्षीय हिक्मत शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही समयअघि धनगढीमा मेयर गोपाल हमालले सो सडकखण्डमा दुर्घटना बढेको भन्दै डिभाइडरहरु हटाएका थिए। डिभाइडर हटाएपछि अहिले सवारी साधनहरु रेलिङमा ठोक्किन थालेका छन्।

Read More

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयमा अध्ययनरत १६ वर्षे विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। विद्यालयमा कक्षा ८ मा पढ्ने किशोर रोशन बिकलाई प्रधानाध्यापक रामबहादुर पार्किले कुटेका हुन्। कुटाईबाट घाईते भएका बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको छ। दुई समुहबिच विद्यालयबाहिमा भएको ग्याङ फाईटका कारण प्रधानाध्यापकले आफूलाई कुटेको विकले बताए। उनले लठ्ठी र ईट्टाले कुटपिट गरिएको बताए। तर यता प्रधानाध्यापक पार्किले भने आफुले विद्यार्थीलाई नकुटेको बताएका छन्। उनले आफुले ग्याङ फाईटको विषयलाई लिएर ति विद्यार्थीलाई सम्झाएको बताए।

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रम्हदेव बजारमा शिवरात्रीको दिन सशस्त्र प्रहरीका दुई जवानलाई निर्घात कुटपिट गर्ने ६ जना भारतीय नागरिक छुटेका छन्। प्रहरीका अनुसार ड्युटीमा तैनाथ सशस्त्र प्रहरीलाई ब्रह्मदेव नजिकैको गाउँ उचौलीगोठका रोहित महर, अजय महर, दीपक सिंह, कैलाश सिंह, अशोक सिंह र दीपक महरले कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको थियो। तर उनीहरु आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा जनही तीन तीन हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन्। मादक पदार्थ सेवन गरी मेला भर्न आएका टनकपुरका ती युवाले सशस्त्र जवानमाथि निर्घात कुटपिट गरेका थिए।

Read More

धनगढीः कैलालीमा बिहीबार बिहान माइक्रो बसले पैदल यात्रीलाई ठक्कर दिएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएपछि अवरुद्ध राजमार्ग खुलेको जानकारी दिए। राजमार्ग खुलेसँगै सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्। माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

Read More

कैलाली: भोलिबाट धनगढीमा नेपालमै ठुलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको र भोलिबाट प्रतियोगिता सुरु गर्ने जनाइएको हो। प्रहरी पब्लिक क्लवले आयोजना गर्न लागेको प्रतियोगिता मुलुककै सबै भन्दा ठुलो धनराशिको भएको दाबी गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। उपविजेताले ७१ हजार र तृतीय हुने टिमले ५१ हजार पाउने छन्। ब्याडमिन्टन प्रतियोगिता तीन विधामा खेलाइने भएको छ। राष्ट्रिय खेलाडी सहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टिम सहभागी छन्। यस बिधाका विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। राष्ट्रिय खेलाडी नभएका टिमले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् ।…

Read More

धनगढीः बाजुरामा भूकम्पले भौतिक क्षति गरेको छ। हिमाली गाउँपालिकामा भूकम्पका कारण केही भौतिक संरचना भत्किएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हिमाली गाउँपालिका–१ स्थित सामुदायिक विद्यालयको बालविकासको दुई कोठे भवन भुकम्पले भत्किएको छ। यस्तै, हिमाली गाउँपालि–१ कै बिछ्या स्वास्थ्यचौकी र वडा नम्बर ५ को अर्को स्वास्थ्य चौकीको पनि भवन भत्किएको छ। बाजुराको बिछ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ः४५ मा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले भौतिक संरचना क्षति पुगेको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको प्रशासनले जनाएको छ।

Read More

धनगढीः नेपाल भारत सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई भारतीय प्रहरीले समातेको हो। उनलाई महाकाली पारि नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन। उनको साथबाट ५० लाख भारु रुपैया बराबरको २६० ग्राम लागूऔषध ९स्म्याक० पनि बरामद गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले बताए। स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागूऔषध हो। ‘चम्पावत जिल्लामा एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागूऔषध बरामद भएको यो पहिलो घटना हो,’ उनले अभियुक्त सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म १५ मुद्दा दर्ता…

Read More