Author: महेन्द्रनगर पोष्ट

धनगढीः सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो। तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। एमालेबाट यसअघि ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन्। दामोदर एमाले सुदूरपश्चिमका अध्यक्ष तथा बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनले भागवण्डा अनुसार आज उद्योग मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको छ। स्रोतका अनुसार भण्डारीले पार्टीमा त्यसैका लागि लबिङ गरिरहेका छन्।भागवण्डामा एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि…

Read More

कञ्चनपुरः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारसंग भेट गरेका छन्। दुर्घटनामा बुहारी र नाति गुमाएकी भीमदत्त नगरपालिका–४ की माया भट्टको परिवारलाई भेट्दै मुख्यमन्त्री रावलले सान्त्वना र संवेदना प्रकट गरेका हुन्। पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका व्यवसायी संञ्जीवचन्द्र भट्टका श्रीमती सुष्मा र कान्छा छोरा स्लकको ज्यान गएको थियो। सोमबार उनीहरुको सनाखत भएको छ। शव अन्तिम संस्कारका लागि महेन्द्रनगर ल्याउने तयारी भइरहेको छ।

Read More

अछामः अछाममा एक पुरुष मृत फेला परेका छन्। चौरपाटी गाउँपालिका १ का ५० वर्षीय उजिर कामी मृत फेला परेका हुन्। कामी दय भन्ने स्थानमा सोमवार मृत फेला परेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने भएका छन्। सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ। जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ। स्रोतका अनुसार राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन्।

Read More

काठमाडौंः सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ। भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ। सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो। त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। ‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं। भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आआफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ।’ सल्लाहमा कुनै मन्त्रालय हेरफेर भएपनि सपथ भने १ बजेका लागि तय भएको उनले बताए।

Read More

धनगढीः सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। त्यसपछि रावलले माओवादी केन्द्रका दलका नेता खगराज भट्ट र एमालेकी सन्तोश शर्मा थापालाई पनि मन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्रीमा रावल, मन्त्रीमा भट्ट र थापा नियुक्त भएसँगै संविधानअनुसार यसअघिको मन्त्रीपरिषद्को कार्यकाल स्वतः सकिएको छ। तर प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका मानबहादुर धामीले भने मन्त्रालयबाट लिने सेवासुविधा अझै छाडेका छैनन्। नयाँ मन्त्रिपरिषद् गठन भइसक्दा समेत मन्त्री धामीले मन्त्रालयको झण्डावाला गाडी अझै फिर्ता गरेका छैनन्। धामी अहिले पनि वन मन्त्रालयको मन्त्री हुँदा प्राप्त गरेको गाडीमा पूर्व मन्त्रीका रुपमा सयर गरिरहेका छन्। उनले अर्को मन्त्री…

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त प्रकरणको अनुसन्धान फेरी डीएनए परीक्षणमै केन्द्रीत भएको छ। रवि लामिछाने गृहमन्त्री भएपछि नयाँ शिराबाट अनुसन्धान अघि बढाउने भन्दै डीआईजी दुर्गा सिंहको नेतृत्वमा टोली गठन गरिएको थियो तर सिंह नेतृत्वको टोली पनि अघिल्लोपटक जस्तै डीएनए परीक्षणमा केन्द्रीत भएको छ। कञ्चनपुर पुगेर उक्त टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको अनुसन्धानका लागि भन्दै फेरी ५ जनाको डीएनएको नमूना संकलन गरेको छ। नमूना परीक्षणका लागि काठमाडौँ पठाउदै टोली पनि राजधानी फर्किएको छ। २८ पुसमा टोली बुद्ध एयरको विमानमार्फत फिर्ता भएको हो। निर्मला हत्या प्रकरणमा शंकास्पद करीब डेढ सय जनाको डीएनए परीक्षण भइसकेको छ। २०७५…

Read More

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले ‘विवादित’ व्यक्तिलाई जिम्मेवारी दिन थालेको गुनासो आएको छ। जिप्रका कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीमाथि विवादित छविका प्रहरीलाई संरक्षण दिने गरेको आरोप लागेको हो। तत्कालीन कैलालीका सपी विश्व अधिकारीका पालामा जुवा प्रकरणमा आर्थिक लेनदेन गरेको आरोपपछि निलम्बनमा परेका तथा प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट समेत जिम्मेवारीमुक्त गरिएका सहायक हवलदार प्रेम धामीलाई कैलाली प्रहरीले फेरी घुमुवामा राखेको छ। एसपी सोमेन्द्र राठौर जिल्लाको प्रमुख हुँदा समेत घुमुवा प्रहरी राखिएका धामीबारे आर्थिक असुलीको गुनासो बढेपछि राठौरले जिम्मेवारीबाट हटाएका थिए। राठौरले घुमुवाको जिम्मेवारी खोस्दै मायामेट्रो अस्पताल क्षेत्रमा डिउटीमा खटाइएका धामीलाई उनी सरुवा भएको भोलिपल्टै डीएसपी जोशीले…

Read More

धनगढी: धनगढी जुनियर जेसीजको ८औं पदस्थापना तथा पुरस्कार वितरण कर्यक्रम सम्पन्न भएको छ। धनगढी जुनियर जेसीज वर्ष २०२२ को कार्यसमितिलाई बधाई दिदै कार्यक्रम सम्पन्न भएको हो। यस्तै सो समितिलाई बिदाई पनिबगरिएको थियो। यस्तै धनगढी जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष चेतन पाण्डेयसहित कार्यसमितिले सपथ लिदै पदभार ग्रहण पनि गरेको छ। कार्यक्रमको उद्घाटन सत्र वर्ष २०२२ का अध्यक्ष निराजनराज जोशी अध्यक्षतामा भएको थियो भने समापन सत्र वर्ष २०२३ का अध्यक्ष चेतन पाण्डेयको अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख अतिथ्यता सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले गरेका थिए। यस्तो छ धनगढी जुनियर जेसीज वर्ष २०२३ को नयाँ कार्यसमिती अध्यक्ष: जेसि चेतन…

Read More

धनगढीः पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टका श्रीमती र छोरा परेपछि बजार बन्द गरिने भएको छ। उद्योग वाणिज्य संघ कञ्चनपुरले सोमवार बजार बन्द गर्ने भएको हो। जहाज दुर्घटनामा व्यवसायी भट्टका श्रीमती सुष्मा र छोरा स्लकको निधनले शोकमग्न संघले उद्योग, व्यवसाय बन्द गर्ने भएको हो। सोमवार दिउँसो १२ बजेसम्म सम्पूर्ण उद्योग, व्यवसाय र बजार बन्द गरिने बताइएको छ।

Read More