Author: महेन्द्रनगर पोष्ट

नुवाकोट- नुवाकोटमा काँग्रेसका एक सय ३० जना भन्दाबढीले एकैपटक सामूहिक राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीले चालेको कदमकाविरुद्ध नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन् । उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिए । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षीय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

Read More

राम धामीडडेल्धुरा- नेपाली काँग्रेसले डडेल्धुराका निबर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य नेता कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्पत जनाइएको छ । ‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । विधान विपरीत मल्लले गरेका कामका विषयमा भने खुलाइएको छैन । ‘विधिवत रुपमा पार्टी सञ्चालन…

Read More

बझाङ- स्थानीय तहको निर्वाचनका लागि बझाङका दुई पत्रकारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेर पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिंह र प्रेस युनियन जिल्ला शाखा बझाङकी उपाध्यक्ष पार्भती ऐडी रहेका छन् । सचिव सिंहले खप्तड छान्ना गाउँपालिका–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसले खप्तड रमानन्द जोशीलाई र नेकपा एमालेले जनक सिंहलाई उम्मेदवार बनाएका छन् । त्यसैगरी, प्रेस युनियन बझाङकी उपाध्यक्ष पार्भती ऐडीले तलकोट गाउँपालिकाको उपाध्यक्षमा सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । पालिकामा आउने नेतृत्वले सधैँ महिलालाई दोस्रो दर्जामा राख्ने गरेको र उनीहरूलाई पदमा मात्रै सीमित राख्ने प्रवृतिको अन्त्य…

Read More

मोरङ- स्थानीय तहको निर्वाचनका लागि मोरङको विराटनगरको उपमेयरकी एक उम्मेदवारविरुद्ध दाबीविरोधको उजुरी परेको छ । नेकपा एमालेका तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी एमालेकी शिल्पा कार्कीविरुद्ध दाबीविरोधको उजुरी परेको हो । कार्कीविरुद्ध मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार अरमेन्द्र यादवले उजुरी दिएका हुन् । उनले लाभको पदमा रहँदारहँदै उपमेयरमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् । कार्की विराटनगरस्थित कोशी अस्पतालको सञ्चालक समितिको सदस्य कायम रहँदारहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको यादवले उजुरीमा उल्लेख गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तहको निवार्चनका लागि आइतबार र सोमबार भएको मनोनयनका क्रममा विराटनगर महानगरपालिकामा…

Read More

काठमाडौं– काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गरिएको छ । दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले बताए । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

Read More

कैलाली- नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवम् प्रदेश सांसद कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ पार्टीको जिल्ला अधिवेशनदेखि नै डडेल्धुरा कांग्रेसमा विवाद रहेको छ । स्थानीय चुनावमा मल्ल पक्ष नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेर एमालेसंग तालमेल गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा…

Read More

दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिकाको दलिम महिला सदस्यमा शोभा टमटा निर्विरोध निर्वाचित भएकी छन् । उनी गाउँपालिकाको वडा नम्बर ३ मा दलित महिला सदस्य तर्फ निर्विरोध निर्वाचित भएकी हुन् । उक्त वडामा अरु कुनै पनि दलले उमेदवारी नपरेकोले उनी निर्विरोध निर्वाचित भएको नेकपा एमालेले दार्चलाले जनाएको छ । यससंगै दार्चुलामा एमालेले दार्चुलामा निर्वाचित हुनेको पहिलो खाता खोलेको छ ।

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वका सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखा परेको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको समेत बताए । उनले अहिले देखा परेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताए । “पार्टी पनि सरकारले…

Read More

नवलपुर – नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । नेपाली काङ्ग्रेसको तर्फबाट उठ्ने भनेका भुसालले सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नपाएका हुन् ।  देवचुली नगरपालिकाकै स्थानीय रहेका उनले केही समय नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका थिए। काँग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर दुई दलबिच नगरपालिकामा गठबन्धन भएको छ।

Read More

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित पार्टी कार्यालयमा न्यौपानेलाई पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरू दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए । न्यौपानेले गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।

Read More