Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा माओवादी विभाजित भएको छ । लामो समयदेखि गुटबन्दीमा रुमलिएको माओवादी संसदीय दल स्पष्ट रुपमा दुई धारमा देखिएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदा माओवादी प्रस्ट दुई धारमा विभाजित भएको देखियो । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् । माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै…

Read More

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्र र नियामक निकायबीच तादम्यता नमिल्दा शासन प्रणाली नै जाम हुने खतरा भएको बताएका छन् । बेलाबेला यस्तो अवस्था देखिने गरेको बताउँदै उनले प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुखसँग धेरैपटक छलफल गरेर समाधानको प्रयास गरेको बताए । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो अप्ठेरो हटाउनुपर्नेमा प्रचण्डको जोड छ ।  उक्त ऐन संशोधनका लागि बनेको विधयेकमाथि आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उनले अख्तियारको कामबाट कर्मचारीतन्त्रमा आतंक फैलिने गरेको अनुभव सुनाए।   राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन जरुरी रहेकोमा उनको…

Read More

काठमाडौं : आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।  सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् ।यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए। त्यहाँ उनले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरी प्रार्थना गरे।  नरेन्द्र मोदीले ट्विट गर्दै स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। मोदीले लेखेका छन्, सबै देशवासीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना, जय हिन्द।’

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ । यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।  दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो…

Read More

धनगढी : धनगढीको बोराडाडी चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुप्र.प.०१-०१ख २७८१ नम्बरको ट्रक र सोही दिशा तर्फ तीव्र गतिमा आइरहेको से. ७ प. ६०८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घटनास्थल प्रहरी पुगेर घाइतेलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पतालमा पठाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ भने प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

Read More

धनगढी: सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरु सडक प्रदर्शनमा उत्रिएका छन्। आज (बिहीबार) नेताहरुले धनगढी प्रदर्शन गरेका हुन्। अनेरास्ववियु सुदूरपश्चिमले प्रदर्शनसहित विपिन जोशीको रिहाईका लागि हस्ताक्षर अभियान थालेको जनाएको छ। प्रदेश अध्यक्ष मनोजराज राईका अनुसार इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइका लागि प्रदर्शन तथा अभियान थालिएको हो। सोही क्रममा आज अनेरास्ववियुले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि बृहत हस्ताक्षर संकलन अभियान सम्पन्न गरेको छ। धनगढीमात्र नभएर सुदूरपश्चिमका सबै जिल्लामा वृहत हस्ताक्षर संकलन अभियान सन्चालन गरिने जनाइएको छ। सरकारले उनको रिहाइ गर्न पहल गर्नुपर्ने उनीहरूको भनाई छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-३…

Read More

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) कै नाममा ठगी गरेको पाइएको छ। उनको नाम लिएर पत्र कीर्ते गरेर ठगी हुन थालेको पाइएको हो। तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको आरोपमा हालै दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगञ्जले इलामका भक्तबहादुर लिम्बु र सर्लाहीका मधुसुदन झालाई पक्राउ गरी लिखत कीर्ते मुद्दा दायर गरेको छ। प्रहरीको प्राविधिक जवान पदमा भर्ना भई पछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्। त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका…

Read More

काठमाडौं: उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रहेका उनको गएराति उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो। न्यायाधीश रेग्मीको निधनको शोकमा आज अदालतको सबै कामकारबाही बन्द गरिएको उच्च अदालत पाटनका प्रवक्ता एंव उपरजिट्रार विमल पराजुलीले जानकारी दिए। मृतक रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। पर्वत स्थायी घर भएका उनी ६१ वर्षका थिए। न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनी केही समययता उपचाररत थिए।

Read More

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्। त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही…

Read More