काठमाडौं: नेपालगञ्जको सडकमा करोडौँको सुनचाँदीको व्यापार गरेको भन्दै प्रहरीले चार जनालाई समातेको छ। नेपालगञ्ज उपमहानगरपालिका–११, बीपी चोक आसपासको क्षेत्रमा सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुनचाँदी फेला पारेको जानकारी दिएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११, बस्ने २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी गाउँपालिका–४, का २४ वर्षीय ओमजंग चौधरी, बर्दियाको राजापुर नगरपालिका–८, बस्ने ४० वर्षीय नेपाली थारु र सोही नगरपालिका–४, का ४२ वर्षीय निमप्रकाश सुनारलाई कारसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार त्यतिबेला नेपाली, राहुल र निमप्रकाशलाई सुनसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको क्रममा नेपालगञ्ज–२, स्थित महेश मुराउले सञ्चालन…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन्। उनले ५३ मत मात्रै पाएका थिए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता पनि हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन्।
एजेन्सी: अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ। हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ। आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको खुलासा भएको छ। अभियोजनकर्ता वकिलले अदालतमा यसबारे बताएका हुन्। प्रहरी हिरासतमा रहेका ३७ वर्षीय नरेशलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो। यस क्रममा २८ वर्षीय श्रीमती ममताको बेपत्ता भएको मामिलामा नरेशको हात रहेको सन्दर्भमा अधिकारीहरूले थप प्रमाण पेस गरेका थिए। श्रीमतीको शव लुकाएको आरोप लागेका नरेशमाथि उनका…
काठमाडौं: नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले यस्तो बताएका हुन्। उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए। प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ। ‘तपाईंहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’, उनले भने। महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए। ट्राफिक प्रहरीमा…
काठमाडौं: नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन्। सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन्। उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका…
काठमाडौं: अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा मारिएकी नेपाली युवती मुना पाण्डेलाई उनको बेडमा नै गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मृत अवस्थामा सोमबार बिहान फेला परेकी पाण्डेलाई हत्यारा उनको कोठाभित्रै पसेर गोली हानेका धेरै प्रमाणले पुष्टि गरेको बताइएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको उनको अपार्टमेण्टभित्र मुनाले राखेको पर्सनल सर्भिलेन्स क्यामेराका भिडियो फुटेजका आधारमा प्रहरीले उक्त दाबी गरेको त्यहाँको नेपाली समुदायले जनाएको छ। उनको शरीरमा तीन वटा गोली प्रहार गरिएको पाइएको छ। अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेकी मुनाको कोठाभित्र पुरूषले प्रयोग गर्ने फिटनेसका सामानसमेत भेटिएको छ। यसबाट उनी कुनै पुरुषसँग लिभिङ टुगेदरमा रहेको प्रहरीको अनुमान छ। शव गन्हाइसकेको र बेडमा…
काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा पुगेको पाइएको छ। एआईजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छानबिन सकाउन लागेको हो। सो छानबिन टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन्। तत्कालीन समयमा रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि त्यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेका थिए। यस्तै गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए। ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको…
काठमाडौं: बाँकेमा नेपाल प्रहरी र नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय नभएको पुष्टि भएको छ। समन्वय नभएका कारण गुप्तचरका कर्मचारीले कुटाई खाएकोदेखि प्रहरीले गुप्तचर जोडिएको घटनाको छानबिन गर्नु परेपछि मतभेद रहेको स्पष्ट भएको हो। केही समय अगाडि बाँकेमा गुप्तचरका एसपी (कार्यालय प्रमुख) ओम खड्का रहेको कार्यालयका एक कर्मचारी कुटिएका थिए। सो घटनामा प्रहरीले गुप्तचरकै कमजोरी देखाएको छ। प्रहरीले समन्वय नगरेको गुप्तचरमाथि आरोप लगाएको छ। उसो त, जिल्लामा गुप्तचरका कर्मचारीले आतंक मच्चाएको बताइन्छ। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको बताइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको थियो। त्यहाँ पटकपटक विवाद आएपनी…
महेन्द्रनगर: उत्तराखण्डमा सीआरपीएफमा तैनाथ पाटी सिपाहीले सोमबार आफैंलाई गोली हानेका छन्। छत्तीसगढको दन्तेवाडामा हेड कन्स्टेबल विपिन चन्द्रले आफैंलाई गोली हानेका हुन्। भारतीय प्रहरीका अनुसार उत्तराखण्डको चम्पावत जिल्लाका सीआरपीएफ सिपाहीले आफैंलाई एके-४७ बाट गोली हानेका थिए। ती जवान चम्पावत जिल्लाको पाटी विकास ब्लक अन्तर्गत बिसारी गाउँका बासिन्दा थिए। प्राप्त जानकारी अनुसार, सिपाही सीआरपीएफ १९५ बटालियन मुख्यालय, बार्सूरमा तैनाथ थिए। ब्यारेकमै गएर उनले आफूलाई गोली हानेको बताइएको छ। गोलीको आवाज सुनेर अन्य सिपाहीहरू पनि ब्यारेकतर्फ दौडे र हेड हवल्दार रगतले लतपतिएका थिए। त्यसपछि ती प्रहरी जवानलाई उठाएर जिल्ला अस्पताल लगियो। उनलाई जिल्ला अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी अधिकारीका अनुसार जवान…
काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेताहरुको टोली र परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा भोलि सँगै धनगढी जाने भएका छन्। सुरक्षा स्रोतका अनुसार उनीहरू भोलि बिहान ८ बजेको समयमा बुद्ध एयरको जहाजमार्फत काठमाडौंबाट धनगढी उड्ने भएका हुन्। प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी जान लागेका हुन् भने आरजु गौरा पर्वमा सहभागी हुन जान लागेकी हुन्। प्रचण्डसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि सहभागी…