धनगढी: फिनल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष परामर्श सत्र आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका-०२ रातोपुलस्थित फ्रैंकलिन एजुकेसन कन्सल्टेन्सीले आगामी शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म यो कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा विद्यार्थीलाई फिनल्यान्डको शिक्षा प्रणाली, त्यहाँ अध्ययनका लागि आवश्यक आर्थिक अवस्था, भिजा प्रक्रिया, आवश्यक कागजात तयार गर्ने विधि, र एकेडेमिक योग्यताबारे विस्तृत जानकारी दिइनेछ। साथै, फिनल्यान्डमा पुगेपछि पालना गर्नुपर्ने कानुनी प्रावधानसम्बन्धी जानकारी पनि प्रदान गरिनेछ। सत्रमा फिनल्यान्डका प्रतिनिधिहरू उपस्थित भई विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन्। कन्सल्टेन्सीकी सञ्चालक दिपा रावतका अनुसार, यो सत्रले फिनल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई पूर्ण मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखेको छ। फ्रैंकलिन एजुकेसन…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन्। सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन्। बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो। हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन्। तर, इजरायल सरकारले भने अहिलेसम्म त्यस्तो कुनै सुची प्राप्त नभएको प्रतिक्रिया दिएको छ। हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश…
धनगढी: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा अगामी असारदेखि एमबीबीएसकाे पढाइ गर्न सकिने बताएका छन्। मन्त्री पाैडेलले गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरि आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका हुन्। मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भाैतिक संरचनाकाे स्थलगत निरीक्षण गर्दै उनले चिकित्सा शिक्षाको अध्यापनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान रहेकाे बताए। गेटामा चालु आर्थिक वर्षभित्रै तीन सय शैयाको अस्पताल सञ्चालन गरेर अगामी आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिने उनकाे भनाइ थियाे। अर्काेतिर ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्यापन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म नभएका कारण विशेष निर्णय गरेर भएपनि…
एजेन्सी: आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको भूकम्मा परी ५३ जनाले ज्यान गुमाएका छन्। क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो। केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। नेपाल, भारत, भुटान र बंगलादेशसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको…
काठमाडौं: राजस्व संकलनमा गडबडी गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मोरङ, बाँके, धनुषा, र बाराका प्रमुखसहित १५ अधिकारीलाई हेडक्वाटर झिकाएर कडा चेतावनी दिएको छ। उनीहरूलाई सुधारको मौका दिँदै पुनः सम्बन्धित बाहिनीपतिको जिम्मामा फिर्ता गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी बिमल डाँगी, धनुषाका एसपी दर्शन गिरी, र बाराका एसपी सन्तोष बहादुर सिंहलाई प्रधान कार्यालयले झिकाएको थियो। बाराका प्रमुख विदामा भएकाले त्यहाँबाट डीएसपी र इन्स्पेक्टर उपस्थित भएका थिए। यस क्रममा राजस्व संकलनमा कमीको कारण पत्ता लगाउन बारम्बार छलफल गरिएको थियो। अन्ततः १५ दिनभित्र सुधार गर्न निर्देशन दिँदै उनीहरूलाई फिर्ता पठाइएको प्रवक्ता न्यौपानेले…
काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा तीनना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन्। उनीहरुमाथि ‘सीआईबीका प्रहरी हौँ’ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन बरामद गरिएको छ। पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी जवान रहेको खुलेको छ। उनी ४ महिनाअघि प्रहरी वृत्त महराजगञ्जबाट बर्खास्तीमा परेको बताइएको छ। पुस १४ मा दुबईबाट आएकी एकजना महिलालाई गठ्ठाघरमा…
काठमाडौं: गृह मन्त्रालयले सोमबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयको निर्णयअनुसार काठमाडौंसहित सात जिल्लाका सिडिओ समेटिएका छन्। धर्मेन्द्र मिश्रलाई कैलालीबाट सुनसरी सरुवा गरिएको छ भने गोगनबहादुर हमाललाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको छ। त्यस्तै, काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। अन्य जिल्लामा तुलसी बहादुर श्रेष्ठलाई सर्लाही, इन्द्रदेव यादवलाई मोरङ, गोपाल कुमार अधिकारीलाई झापा, र शावित्रा पुनलाई सल्यानको सिडिओ तोकिएको छ। गृह मन्त्रालयका अनुसार यो सरुवा प्रशासनिक सुधार र जिल्लाहरूमा शान्ति सुरक्षाको सुदृढीकरणका लागि गरिएको हो। सरुवापछि सम्बन्धित सिडिओहरूले चाँडै आफ्नो कार्यक्षेत्र सम्हाल्ने गृह मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं: प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भनेर ठगीको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित थापाचोक घर भएका ३८ वर्षीय सुदीप थापा रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थापालाई थापाचोकबाटै पक्राउ गरिएको हो। आरोपीले इन्स्पेक्टरको युनिफर्म लगाएको फोटो देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। उनले क्यानडा र अष्ट्रेलिया पठाउँछु भनेर ठग्ने गरेको आरोप छ। अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीका अनुसार आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए। सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि भएको थियो। पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले थापालाई पक्राउ गर्न सफल भएको हो। नक्कली इन्स्पेक्टर…
धनगढी: कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक किशोरी गम्भीर घाइते भएकी छिन्। आज(सोमबार) बिहान साढे १० बजे धनगढीको बोराडाडीमा म २ प ७४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १६ वर्षीया दिपीका बोहरा घाइते भएकी हुन्। बैतडीकाे पाटनका २१ वर्षीय चक्र सार्कीले चलाएको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी बोहरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परेकी बोहराको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा लगिएको छ। मोटरसाइकल चालक सार्की नेपाल प्रहरीका जवान हुन्। उनी दिपायलमा कार्यरत छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीः सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–महेन्द्रनगरसम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पुगाइएको छ। काठमाण्डौंदेखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीसम्मको भाडा तीन हजार २…