Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन्। शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए। उनले आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताए। उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए। उनले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने बताए। उनले भने, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौं। २५ दिनदेखि बाहिर नै छौं। विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ।…

Read More

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न ६ वटा सङ्गठनले माग गरेका छन्। महासङ्घको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्। ति सङ्गठनले महासङ्घ नेतृत्वलाई छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन्। ‘निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् । शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले बालेन र काठमाडौं महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए । ‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ?’ ओलीले प्रश्न गरे । महत्वपूर्ण पदमा बसेको…

Read More

काठमाडौं : शुक्रबार मध्यराती राती नेपाल प्रहरीका एसपीको एसएसपीमा भएको बढुवा सिफारिसमाथि चलखेलको आरोप लागेको छ । नेपाल प्रहरीकै एक एसपीले बढुवामा बार्गेनिङ भएको गम्भीर आरोप लगाएका छन् । बढुवामा छुटेका एसपी गोविन्द अधिकारीले सार्वजनिक रुपमै यस्तो आरोप लगाएका छन् । उनले फेसुबकमा लेखेका छन्,‘गृहबाट बढुवा लिष्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’ गृहले एसपीहरू श्यामकृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम दाहाल र नान्तीराज गुरुलाई बढुवा सिफारिस गरेको हो । एसपी अधिकारी पनि बढुवाका प्रतिस्पर्धी थिए । उनको नाम पनि सिफारिस भएको हल्ला सामाजिक सञ्जालमा चलाइएको थियो । पछि बढुवामा अटाएनन् ।…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित गोदावरी नगरपालिका–१ अनामनगरका पारस रोकायालाई अत्तरियाबाट पक्राउ गरेको हो। उनको साथबाट एक ग्राम पाँच सय नब्बे मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यसैगरी धनगढी उपमहानगरपालिका–७ देवरियाबाट ८ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

Read More

धनगढी : सर्पले डसेर कैलाली र दार्चुलामा गरि दुई जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो। घर नजिकै खेल्ने क्रममा शुक्रवार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। बालिकाको उपचारकै क्रममा आज (शनिवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै दार्चुलाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो। उनको हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

काठमाडौं: सुदूरपश्चिममा मुख्यमन्त्रीले सरकार विस्तार गर्ने तयारी थालेका छन्। सत्ता गठबन्धनको सहमतिअनुरुप मुख्यमन्त्रीले सरकार विस्तारको तयारी थालेको बताइएको छ। गठबन्धन दलका एक नेताका अनुसार सम्भवतः भोलि पर्सीभित्रै सरकार विस्तार हुने छ। यस अगाडि गठबन्धनमा सहभागी दलहरुले सरकारबारे निर्णय नगर्दा सरकार विस्तार हुन सकेको थिएन। अहिले भने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न तयारी थालेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रदेश सरकारले ल्याउने बजेट अगाडि नै सरकार विस्तार हुने छ। सुदूरपश्चिमको सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि भएका छैनन्। सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन्। गत ६…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको बजेट अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरेका छन । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरे । उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमि देखिएको धारणा राखे । मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरु तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरु समाउन नसिकएकाले…

Read More

धनगढी: कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका ४ का ३२ वर्षीय निमेष लम्सालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपचारका क्रममा उनको आज (शनिबार) मृत्यु भएको हो। उनी हिजो बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका थिए। बिहानै घरबाट साइकल लिएर निस्केका उनी ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिकैको अस्पतालमा लगेका थिए। तर त्यहाँको अस्पतालले उनलाई रेफर गरेको थियो। त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक स्वास्थ्यकर्मीसमेत थिए।

Read More

काठमाडौं : सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न गठित संसदीय संसदीय छानबिन विशेष समितिले काम थाल्ने तयारी गरेको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक व्यवस्थापनमा जुटेको हो। कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने बताए।प्रतिनिधि सभाले समिति गठन भएको ७ दिनभित्र काम गर्न समय दिएको छ। प्रक्रिया अघि बढाउनको लागि आवश्यक पर्ने विषय विज्ञ र अन्य आवश्यक सामाग्रीहरुको जुटाउनतिर लागेको बताए। उनले अब एकदुई दिनभित्रमा समितिले औपचारिक रुपमा काम थाल्ने बताए।  समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको…

Read More