काठमाडौँ : नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ। बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो। सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। उनका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलो चुम्बक खोजतलासका क्रममा हराएको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका कञ्चनपुरका नसिभ चौधरीको परिवारले शव बुझ्ने भएका छन्। क्षतिपूर्ति दिने सहमति भएपछि उपचारका क्रममा मृत्यु भएका नसिभको परिवारले शव बुझ्न तयार भएका हुन्। मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको छ। मृतकका मामा रामकृष्ण चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए। चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए। जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो…
धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसिभ चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेर अस्पताल तोडफोड गरेका छन । नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले अस्पतालको बाहिरि डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको बताए । उनले बाहिरबाट हानिको ढुंगाले माथिल्लो तलामा रहेको अपरेशन कक्षका उपकरणहरुमा पनि क्षती पुगेको बताए । ‘अहिले मृतकका आफन्तहरुसँग छलफलमै ब्यस्त छौं, तर १५/२० लाखको क्षती भएको छ’ भट्टले भने । नोभा अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा छ । ठुलो संख्यामा…
अछामः अछाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका छन्। उनीहरु श्रीमान श्रीमती हुन्। आफ्नो ससुरालीको घरमा बस्दै आएका उनीहरुलाई ३८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेको बताएका छन्। पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले यस्तो बताएका हुन् । उनले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताए। नेता रावलले भने, ‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ । मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा ? नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ…
धनगढी : कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ । मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् । धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्यास प्रहार अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिबको मृत्यु भएको भन्ने छ । अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन् । उपचारमा…
काठमाडौं: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन्। मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन्। यसनिम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ। भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका प्रदेश मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन्। नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ। फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा…
धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले जिल्लाका उत्कृष्ट विद्यार्थी र राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ। शनिबार पूर्वमन्त्री एवं एमाले पार्टी केन्द्रिय सचिव लेखराज भट्टको आथित्यतामा एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरिएको हो। अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार नेपाललाई विभिन्न खेलमा पदक जिताउने ३ जना राष्ट्रिय खेलाडी र एसईइ परिक्षामा ४ जिपीए ल्याउने ४ जनालाई सम्मान गरिएको हो। यसरी सम्मानित हुनेमा उत्कृष्ट विद्यार्थी हेमन्त साउद, नितिका अवस्थी, निर्मल ठगुन्ना र विकास रावत रहेका छन् भने खेलाडीहरुमा करातेका मनिसा बोहरा, जनक धामी र उशुकी च्याम्पियन गौरी मगर रहेकी छन्। उनीहरूले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पदक दिलाएका थिए। उनीहरू सबै कैलालीकै…
काठमाडौं: नेपाल प्रहरीका डिआईजी डा. मनोज केसी आईजीपी बसन्तबहादुर कुँवरलाई मन नपर्दा जिम्मेवारीबाट हटाइएका छन्। प्रहरीको विशेष ब्यूरोबाट केसीको सरुवा भएको हो। उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउ प्रकरणमा आफूलाई राम्रोसँग ब्रिफिङ नगरेको आईजीपी कुँवरको आरोप छ। सोही आरोपका कारण हालका गृहमन्त्री रमेश लेखकलाई रिझाएर उनले केसीको सरुवा गरेका हुन्। डिआईजी केसीमाथि चेन अफ कमाण्ड नमानेको गम्भीर आरोप लगाएर उनलाई विशेष ब्यूरोबाट हटाई प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) मा सरुवा गरिएको स्रोतको भनाई छ। विशेष ब्यूरोमा भने एकेडेमीमा रहेका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ। र, यो पनि: विवादित एआईजी र एसएसपीलाई हटाउने तयारी, डाक्टर डिआईजी…
धनगढी: धनगढीस्थित नोभा अस्पतालमा तनाव भएपछि प्रहरीले कडा सुरक्षा तैनाथी बढाएको छ। हिजोबाट एकजनाको मृत्युकाण्डका कारण तनाव भैरहेको नोभामा अहिलेसम्म पनि सहमति हुन सकेको छैन। हिजो शुक्रबारमात्रै जन्डिसको समस्या लिएर हस्पिटलमा भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आफन्तहरुले अस्पतालमा तनाव सिर्जना गरेका हुन्। सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास…