Author: महेन्द्रनगर पोष्ट

धनगढी : खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिवमाथि छानबिन प्रक्रिया थालिएको पाइएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सदस्य सचिव दिपक सिंहमाथि छानबिन प्रक्रिया थालिएको जनाएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका मन्त्री सामाजिक विकास मन्त्री झपट साउद भएकै बेलादेखि सिंहमाथिको छानबिन र सामान्य कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका निमित्त सचिव गणेश सिंहले जानकारी दिए। उनका अनुसार कारबाहीको प्रक्रियामा पहिलोपटकका लागि मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको र मन्त्रालयलाई जवाफ पनि प्राप्त भैसकेको छ। तर, जवाफका विषयमा भने अहिले तत्काल कुनै अध्ययन, छानबिन तथा छलफल एवं थप प्रक्रिया अगाडि नबढाइएको सिंहले बताए। यस्तै तत्कालीन मन्त्री साउदले पनि सदस्य सचिव सिंहलाई तत्कालीन समयमा आफू मन्त्री भएकै बेला…

Read More

काठ्माडौं : रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा होमिएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो। यससँगै रुसी सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या २० बाट उकालो लागेको छ। यसअघि सरकारले औपचारिक रूपमा १३ जना नेपालीको ज्यान गएको जनाएको थियो। पछिल्लो पटक ज्यान गुमाउने१. पूर्णबहादुर गुरुङ- धादिङ२. नवीन शाही- जाजरकोट३. पदमबहादुर घिमिरे- उदयपुर ४. गंगाराम अधिकारी- झापा५. जितबहादुर विक- बाग्लुङ६. सञ्जय केसी- बाँके७. सुन्दर मोक्तान- रसुवा परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति…

Read More

काठ्माडौं : पश्चिमा मुलुकबाट थालनी भएको लिभिङ टुगेदरको परम्परा नेपालमा पनि विकास हुँदै गएको छ । नयाँपुस्ता विवाह नगर्ने तर महिला र पुरुषसँगै बस्ने प्रचलनप्रति आकर्षित हुँदै गएका छन् । यद्यपि, लिभिङ टुगेदर नाम सुन्नबित्तिकै भरङ्ग हुने नेपाली समाजको चरित्र भने यथावत छ । यस्तो प्रवृत्तिलाई कानुनी मान्यता दिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराइले कानुनबमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने कानुनी व्यवस्थाको निम्ति परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । खासगरी मुलुकका शहरी क्षेत्रमा लिभिङ टुगेदरको परम्परा विकास हुँदै गएको छ । यसलाई सम्बोधन गर्ने हालसम्म कुनै…

Read More

धनगढी : कैलालीमा एक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीहरुलाई कक्षा घटुवा गर्न थालेपछि विवाद सिर्जना भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले १० कक्षाका विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, ४ कक्षामा बसाल्ने गरेपछि उनलाई विव्यस अध्यक्षबाट हटाईएको छ । जोशीसंग शिक्षक तथा विद्यार्थीहरूको विवाद सिर्जना भएको थियो। सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो। उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो। समितिको अध्यक्षबाट निलम्बन गरिएको निर्णयको माग गर्दै जोशी बिहिवार विद्यालय गएका थिए। विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू नवराज…

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् । उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिए । ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ’ उनले भने ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’ उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) टोलीले भन्सार छलीका अवैध बेवारिसे सामान बरामद गरेको हो। पिआइटी टोली र स्थानीय प्रहरीले पुनर्वासको डोकेबजार १ लाख २८ हजार १५० मूल्य बराबरका सामान बरामद गरेको हो। अहिले उक्त सामान कारबाहीको लागि भन्सार पठाइएको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन्। उनीहरू त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो। तर पछि सो रकमको विषयमा प्रहरीले थप अनुसन्धान गरेर उनीहरुलाई स्रोत माग्दै छोडिदिएको छ।

Read More

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाका हाकिम कुटिएका छन्। नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो। कार्यपालिका सदस्यहरुले उनलाई कुटपिट गरेको बुझिएको छ। कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन्। टाउकोमा तीनवटा टाँका लाग्नेगरी कुटिएका अधिकृत जोशीको अहोले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। बैठकमा एजेन्डामाथि विवाद भएपछि घटना घटेको हो। नगरपालिकाका तत्कालीन योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो।

Read More

धनगढी: चैतन्य पाठशालाले धनगढी खबरका सम्पादक हरि जोशी लाई सम्मान गरेको छ। नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका कार्यकारी  निर्देशक समेत रहेका हरी जोशीलाई लाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा.नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित रेडियो हरुको व्यवसायीक छाता सस्था ब्रोडकाष्ट्रीङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रिय कोषाध्यक्ष समेत रहेका पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान…

Read More

काठमाडौ:प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ । हिजोबाट लागु हुनेगरी झण्डै डेढ दर्जन अधिकृतको काज नियुक्ति गरिएको हो । जसअनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको अनुशासनहिनहरुलाई समातेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा पदस्थापन भएको छ । उनी गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए । नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । गुरुबक्स गुल्मका सहसेनानी सरोज…

Read More