Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै सुदूरपश्चिममा पनि सरकारलाई दिईएको समर्थन फिर्ता लिएको हो । आज (विहीबार) बसेको संसदीय दलको बैठकले सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने भएका छन । बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र…

Read More

धनगढी : केन्द्रमा भएको राजनैतिक परिवर्तनको प्रत्यक्ष प्रभाव प्रदेशहरूमा पनि देखिएको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ सङ्कटमा पुगेको हो । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको छ । प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका थिए । २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकार सङ्कटमा परेसँगै नयाँ सरकार गठनबारे चर्चा हुन…

Read More

धनगढी: कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलले सरकारी जग्गामा रजगज गरेको आरोप लागेको छ। होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको हो। आरोपमात्र होइन, होटल क्षेत्रमा विरोधस्वरुप कालो ब्यानर नै टाँसिएको छ। हिजो (बुधबार) क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटका युवाहरुले कालो ब्यानर टाँसेका हुन्। नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ। हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो। सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो…

Read More

धनगढी: नेपाली सेनाले स्थापना दिवस मनाउने भएको छ। नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउदै आएकोमा यसपाली पनि दिवस मनाइदै छ। सोही अनुरुप सुदूरपश्चिमको धनगढीमा महाशिवरात्रीको दि सेना दिवस मनाउने तयारी छ। श्री सुदूरपश्चिम पृतना हेड क्वाटरद्वारा “महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने जनाइएको छ। यस्ता छन् आयोजित कार्यक्रमहरु

Read More

काठमाडौं: सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाशमा गएका छन्।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहेका न्यायाधीश खतिवडा उमेर हदका कारण अवकाशमा गएका हुन्। २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश थिए।

Read More

धनगढी: बैतडीका अग्रज पत्रकार जीतसिंह थापाको निधन भएको छ। नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्यसमेत रहेका अग्रह पत्रकार थापाको बुधवार साँझ ७३ बर्षको उमेरमा निधन भएको हो। स्रोतका अनुसार उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। थापाको दथरथचन्द नगरपालिका-८ पुजारागाउँ भट्टाडस्थित निवासमै निधन भएको हो। वि.सं. २००७ सालमा जन्मिएका थापाले लामो समय भारतीय राष्ट्रिय दैनिक अमर उजालामा काम गरेका थिए। स्वर्गीय थापाका श्रीमती, २ छोरा र १ छोरी छन्। उनी भुतपुर्व इन्डियन आर्मी पनि हुन्। उनले फौजम्मै हुदा पनि पत्रकारिताको अभ्यास गर्ने गरेको बताइन्छ। राम्रो लेखन क्षमता भएका उनले सामाजिक काम र पत्रकारितासँगै नेपाली काँग्रेसको राजनीति पनि गरेको निकटस्थहरुको…

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा फरार रहेका अभियुक्त गीतेन्द्र (जीबी) राई सिगांपुरमा पक्राउ परेको हल्ला फैलिएको छ। सोसल मिडिया र विभिन्न सञ्चार माध्यममा राई पक्राउ परेको हल्ला फैलिएको हो। तर उनी हालसम्म पक्राउ नपरेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी भीम ढकालले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनले पक्राउ परेकोबारे आफूलाई जानकारी नभएको जिकिर गरे। पोखराको सूर्यदर्शन सहकारी लगायतका विभिन्न सहकारी ठगी प्रकरणमा उनी फरार छन् भने उनका तत्कालीन पार्टनर रबि लामिछाने भने हिजोमात्र गृहमन्त्री भएका छन्। अहिले राईलाई पक्राउ गर्न इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएको छ। सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि उनी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्री नरेश शाहीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पनि हटाएको जनाइएको छ । यस अघि माओवादीका तीन मन्त्रीलाई हटाइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एसका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

Read More

धनगढी : धनगढी उमहानगरपालिका-३ त्रिनगर भन्सारबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय सांउद र गोदावरी नगरपालिका-१ लालपुर बस्ने २० वर्षीय अन्जली सुनार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवल्दार सन्तोष महरा र प्रहरी जवान परमानन्द कपाडीको नेतृत्वमा खटीएको प्रहरी टोलीले त्रिनगर भन्सारबाट पक्राउ गरेको हो । सन्जयको साथबाट १ ग्राम र अन्जलीको साथबाट ४ सय मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत प्रहरीले बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलालीको टीकापुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ समितिपुरका २१ वर्षीय २१ को रेशम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी सहायक निरक्षक तारा बहादुर ठकुल्लाको नेतृत्वमा खटीएको प्रहरी टोलीले चौधरीलाई जानकी गाउँपालिका-१ दुर्गौलीस्थित सडकखण्डबाट पक्राउ गरेको हो । उनको साथबाट ४ सय २० मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत बरामद गरेको छ । चौधरीलाई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More