Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तेस्रो एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो। क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। नेपालका लागि एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका धामीले चोटका कारण यू-१९ गुमाएका थिए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका…

Read More

काठमाडौं : दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ। अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो। उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ। मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए। उनको स्टाटस जस्ताको तस्तै- प्यारी श्रीमती तारा,धेरै धेरै माया!आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि…

Read More

धनगढीः धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) का प्राध्यापक डिल्लीराज भण्डारीविरुद्ध अनुसन्धान सुरु भएको छ। हिजो पीडित छात्राले जाहेरी दिएको र मुद्दा दर्ता भएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीला डीएसपी कुलदिप चन्दले जानकारी दिए। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको पीडित छात्राले आरोप लगाएकी छन्। ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। र, यो पनि : धनगढीको एसपीएका प्राध्यापक भण्डारी पक्राउ, ‘टुर’मा दुर्व्यवहार गरेको आरोप

Read More

काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ। क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार मोसो दलेर दुर्व्यवहार गरेको हो। संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर मोसो दलेको बताइएको छ। पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ। यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ।

Read More

काठमाडौं : गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ। यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ। यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो। तर, सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए।

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो।

Read More

धनगढीः जिल्ला कारागार कैलालीमा बन्दी क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। कैलाली कारागारको क्षमता एक सय ५० जनाको हो। तर, ७ सय २० जना कैदीबन्दीलाई कारागारमा राखिएको छ। कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी रहेको कारागार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीले बताइन्। जोशीका अनुसार कैदीबन्दी थपिँदै गएपछि कारागार प्रशासनलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ। खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दी बताउँछन्। कैदीबन्दी बढी भएपछि सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ। 

Read More

काठमाडौँ : प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ। भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–४ सुनसरी खोलाको पुलनजिकबाट प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए। गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए। उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए। चेकजाँचका क्रममा शंका लागेर हेर्दा नक्कली नोट भेटिएको हो। बोराभित्र…

Read More

धनगढी : नेपाल प्रहरीका एसपीहरुको सरुवा हुने बताइएपनी फेरि रोकिएको छ। अस्तितिर नै एसपीहरुको सरुवा निस्किने भनेकोमा आजसम्म पनि सरुवा हुन सकेको छैन। एसपीको सरुवामा गृहमन्त्री, प्रधानमन्त्री र केही व्यवसायीहरुको इन्ट्रेस्ट जोडिएपछि सरुवामा ढिलाई भैरहेको बताइएको छ। स्रोतका अनुसार अहिले केही जिल्लाको एसपी सरुवामा बिचौलियाको स्वार्थ बल्झिदा ढिलाई भएको हो। सुदूरपश्चिमको सवालमा कैलाली र कञ्चनपुरमा आफू निकटको एसपी ल्याउन बिचौलियाहरू सक्रिय भएका छन्। तराई र नाका भएका मालदार जिल्ला भएकाले यी जिल्लामा सरुवाका लागि एसपीबीच मारामार नै हुने गर्दछ। त्यसकारण अहिले पनि केही एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी नाकावाला जिल्लामा आउने प्रयासमा छन्। गत शुक्रबार एसपी सरुवा गर्ने प्रहरी प्रधान…

Read More

काठमाडौं : केही समय अगाडि सरुवा भई आएका डीआइजीमध्ये नेपालका २ प्रदेशका प्रहरी प्रमुख भने साहित्यिक विधामा पोख्त मानिएका छन्। नेपाल प्रहरीको कमान्डिङसँगै साहित्य क्षेत्रमा पनि उनीहरूको कुशलताका चर्चा गर्नेहरु थुप्रै छन्। उनीहरू हुन्, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआइजी रविन्द्र केसी र कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ। केसी काभ्रेका हुन् भने खापुङ तेह्रथुमका हुन्। स्रोतका अनुसार डीआइजीद्वयको साहित्यिक कला र कौशलको प्रहरी संगठनभित्र पनि निकै चर्चा र प्रशंसा हुने गर्दछ। जसको कारण हो, डीआईजी केसीको पुस्तक सम्बन्धको दोबाटो र खापुङका विभिन्न कविता तथा गीत संग्रहहरु। डीआइजीद्वयको चर्चा प्रहरी प्रमुख भएर मात्र होइन कुशल साहित्यिक व्यक्तित्वका रुपमा…

Read More