Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले गाउँमा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर आह्वान गरेको भन्दै स्थानीयहरुले पालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध मुद्दा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । स्थानीयहरुको सहमति बिना एक्लौटी रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र भट्टले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ । राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको…

Read More

डडेल्धुरा : माघ २३ गते बझाङको बित्थडचिर गाउँपालिका–१ का मोहनबहादुर बोहराको नेपाल टेलिकमको सिम एक्कासी बन्द भयो। उक्त सिम उनको आफ्नै नाममा थियो। प्राविधिक कारणले भएको आशंका गरेका बोहराको सिम मात्रै बन्द भएन बैंक खाता नै रित्तो भयो। अनि झस्किए बोहरा। उक्त मोबाइल नम्बरबाट नविल बैंकको मोबाइल बैंकिङ एप चलाएका थिए, उनले। डडेल्धुरामै रहेका बोहरा एक्कासी सिम बन्द भएर खातामा भएको पैसा रित्तिएपछि टेलिकम डडेल्धुराको अफिसमा पुगे। र, थाहा पाए, अज्ञात व्यक्तिले उनको नाम र मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सोही नम्बरको सिम निकालेको। उनको नविल बैंकको खातामा रहेको ७२ हजार एक सय रूपैयाँ इ(सेवा वालेटमा ट्रान्सफर भएको देखिएको छ।…

Read More

धनगढी : १५ वर्षपछि घर फर्किएका युवकको घर फेला पार्न प्रहरीलाई कठिन भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर घर बताउने १८ वर्षीय दीपक चौधरीको घर र अभिभावक प्रहरीले तीन दिनदेखि खोजिरहेको छ। प्रहरीले उनको तस्बिरसहित सूचना पनि जारी गरेको थियो। तर अझै पनि उनको घर र परिवार फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।भारतीय प्रहरीले दीपकलाई कैलाली प्रहरीको जिम्मा लगाएको थियो। कैलाली प्रहरीले उनलाई दाङ पठाएको हो। ‘उहाँ सोमबार दाङ आउनु भएको हो,’ डिएसपी मल्लले भने, ‘उहाँले भनेका ठाउँहरूमा हामीले तीन दिन घुमाउँदा पनि उहाँको घर तथा अभिभावक पत्ता लगाउन सकेका छैनौं।’ उनी सानो…

Read More

धनगढी : यो वर्षको ‘भ्यालेन्टाइन डे’ आउन अझै ६ दिन बाँकी छ । पश्चिमा संस्कृतिअनुसार फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाइन्छ । पछिल्लो समय विशेषगरी युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएको यो दिवस विश्वका अधिकांश मुलुकमा मनाइन्छ । टीन एजरले प्रेम प्रस्ताव राख्ने भनिएको सो दिन विवाहित जोडीले प्रेम साटासाट गर्ने चलन छ । सोही क्रममा मुलुककै पहिलो मीस नेपाल रुवी राणाले श्रीमानसँग चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चुम्बनको फोटोसँगै अंग्रेजीमा लेखिएको छ, ‘भ्यालेन्टाइन इन धमाका एड्भान्स । नो म्याटर हाउ पुअर मेन्टालिटी रियाक्टस बट वी आर इन लभ अल्वेज एण्ड अल्वेज ।’

Read More

धनगढी : सशस्त्र प्रहरीले एकै पटक १०० जना एसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो। सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आज सरुवा निर्णय गरेका हुन्।

Read More

धनगढी : सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको बलले जनाएको छ ।

Read More

धनगढीः टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बिहीबार अख्तियारले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन अध्यक्षलगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघरसंस्थालाई उपलब्ध गराएको पुष्टि भएकाले समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी…

Read More

धनगढी : एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका एम्बुलेन्सले यात्रु ओसारेको पाइएको छ। बिरामीलाई सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाबाट सञ्चालन भएका २ एम्बुलेन्सले विद्यार्थी बोकेको पाइएपछि जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको हो। एक सुत्केरीलाई छाडेर विद्यार्थी बोक्न थालेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि ट्राफिक प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। नियन्त्रणमा लिइएका एम्बुलेन्स चालकलाई सम्झाईबुझाइ गरेपछि छाडिएको छ। भोलिदेखि डडेल्धुरा सदरमुकाममा हुने राष्ट्रिपति रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई बोकेका एम्बुलेन्स भागेश्वर गाउँपालिकाको बगरकोटभन्दा माथिबाट नियन्त्रणमा लिइएका थिए। यस विषयमा अजयमेरु गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको भनाई भने फरक छ। उनले गाउँपालिकामा कुनै सुत्केरी…

Read More

मकवानपुर : मकवानपुरमा छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बुवा धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गएको पुस २१ गते मण्डलले चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ। बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।…

Read More