Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट प्रहरीले साढे तीन लाख बढिका अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर र वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालयबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो । त्रिनगरबाट ६४ हजार सात सय मूल्यका गाडीका विभिन्न पाटपुर्जासहित एक जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–६ का ३९ वर्षीय शेरबहादुर खयाडत पक्राउ परेका हुन् । शनिवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । भन्सार छलीका सामानसहित शेरबहादुरलाई कैलाली भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यतै, कैलाली भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६०…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जारी सूचनामा उल्लेख गरिएको छ । २४ गते प्रदेशसभा सदस्यहरुको नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता लगायतको काम हुनेछ भने २५गते उम्मेदवा उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशसभाको गठन भएको एक वर्ष बित्दा समेत प्रदेशसभाका…

Read More

धनगढी : दार्चुलामा एक युवती मृत फेला परेकी छन् । जिल्लाको महाकाली नगरपालिका–२ मैखोलीकी २० वर्षीया निर्मला सितोली आइतवार दिउँसोतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घर नजिकैको पोलिहाउसको डण्डीमा झुण्डिएको अवस्थामा सितोली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । सितोलीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको पद धरापमा देखीएको छ। उनीविरुद्ध बहुमत सांसदहरूले मोर्चाबन्दी गरेपछि दलका नेता भट्टको पद धरापमा पर्न लागेको हो। संसदीय दलका नेता भट्टसहित प्रदेश सरकारमा पठाएका मन्त्रीले कामकाज गर्न नसकेको भन्दै माओवादी सुदूरपश्चिममा किचलो बढ्दै गएको हो । नेता भट्ट सहित मन्त्रीहरु प्रति बहुमत सांसदहरू असन्तुष्ट बनेका छन्। रुष्ट सांसदहरूले मन्त्री फेर्न डेलिगेसन लिएर शीर्ष नेतृत्व गुहारेका छन्। बहुमत सांसद मन्त्री फेर्ने कसरतमा जुटेपछि खैलाबैला मच्चिएको छ। माओवादीबाट सांसद जितेर सुदूरपश्चिम प्रदेश सभाको सभामुख बनेका भीमबहादुर भण्डारी नै मन्त्री फेर्न लबिङमा छन्। आफ्ना मन्त्री र संसदीय दलका नेता खगराज…

Read More

डडेल्धुरा :  गत मंसिर ३० गते डडेल्धुरा सदरमुकाममा   आगलागी भएको स्थलको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गरेका छन्। आज (आइतबार ) मुख्यमन्त्री शाहले आगलागी भएको पसलको अनुगमन गरेका हुन्। उनी यसअघि डडेल्धुरा हुँदै अन्य पहाडी जिल्ला गएपनि २३ दिनपछि मात्रै आगलागी भएको स्थलको अनुगमन गर्न पुगेका हुन्। अनुगमनका क्रममा उनले पीडितलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्रीले क्षतिको विवरण समेत टिपेर लगेका थिए। डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भई सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ…

Read More

डडेल्धुरा: डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार दिउँसो नष्ट गरेको हो। शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए। पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने…

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका- ६ राजुलमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले प्रहरी पोष्टको उद्घाटन गरेकी छिन् । कार्यक्रममा बोल्दै प्रमुख अथितिसमेत रहेकी खड्काले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको भएको बताउँदै स्थापना भएको प्रहरी पोष्टले जनतालाई सुरक्षाको अनुभति गराउने बताइन् । यस्तै वडाअध्यक्ष हरिसिंह भण्डारीले नागरिकसँग गरेका प्रतिबद्धता अनुरुप प्रहरी पोष्ट स्थापना भएको बताए । डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दिपक कुमार कार्कीले प्रहरीसँग जनताले सहकार्य गर्न सके विभिन्न समस्या समाधान हुने बताए । राजुलमा स्थापना भएको प्रहरी पेष्टमा सात जनाको टोली खटिने छ ।

Read More

काठमाडौं : आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी २ सिट मात्रै लिन तयार भएको छ। सोमबार मनोनयन गर्ने समय नजिकिँदै गर्दा समाजावादीले २ सिट मात्रै लिने गरी निर्णय गरेको हो। यसअघि समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो। तीन सिट नपाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोख्दै अध्यक्ष माधव नेपाल बालुवाटारबाट निस्किएका थिए। पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए। ‘पार्टीका तर्फबाट उम्मेदवारका नाम टुंगो लगाउने जिम्मा तीन जनालाई जिम्मा लगाएका छौँ’, खतिवडाले भने, ‘क्लस्टरबारे पनि छलफल चलिरहेको छ। क्लस्टरका कारण हामी अड्किएका छौँ।’ खतिवडाले…

Read More

काठमाडौं : राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ । सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो । सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो । तर, देउवा तयार नभएको बुझिएको छ । संस्थापनले आफू निकटका नेतालाई उम्मेदवार बनाउन गठबन्धनमा क्लस्टर मिलाएको विषयमा पनि शेखर-गगन पक्ष असन्तुष्ट रहेको नेताहरू बताउँछन् । इतर पक्षको छलफलमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेता…

Read More

धनगढी : माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो। २३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदैछ भने ११ माघमा चुनाव हुनेछ। माओवादीले सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो। रेणु माओवादी केन्द्रकि केन्द्रीय सदस्य तथा बैतडी सह-इन्चार्ज हुन्। कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी र कर्णाली प्रदेशबाट विष्णु विश्वकर्माको नाम टुंगो लगाएको हो। सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएकाले माओवादीले उठाउने सबै उम्मेदवारले जित्ने…

Read More