Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएकाे सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दाबारे २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका कारण उनीमाथि अदालतको अपहेलना मुद्दा लागेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

Read More

काठमाडौँ : नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा मनोनीत भएका भण्डारीको गृहजिल्ला बैतडी हो। मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए।

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन्। गृह मन्त्रालयबाट आन्तरिक प्रशासन महाशाखामा रहेका थिए। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको एसएसपी शेखर खनालको सरूवा भएको छ। शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो। एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको थियो।

Read More

काठमाडौं :  टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले वेष्ट इण्डिजमा विश्वकप खेल्ने छ। टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ। भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्। उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन्। समूह एको खेल अमेरिका हुने छ। समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्। यस्तै समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष…

Read More

काठमाडौं:  नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो। बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए। उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए। त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ। राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका…

Read More

धनगढी : बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने बाजुरेली सेवा समाजले जानकारी दिए । धनगढीमा एक पत्रकार सम्मेलन कार्यक्रम गर्दै बाजुरेली सेवा समाजले पुष २० गते देखि २५ गते सम्म प्रतियोता टिम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय हुने टिमलाई पुरस्कार दिइने आयोजकले बताएको छ ।

Read More

काठमाडौं : चेकजाँच गर्ने बहानामा एक चिकित्सकले युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । ग्रान्डी अस्पतालका डाक्टर जसवन शाक्यविरुद्ध जिल्ला अदालत काठमाडौंमा उजुरी दर्ता भएको हो । उनले स्वास्थ्य परीक्षण गर्न एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि जाँदा उनले महिला नर्स वा अन्य सहायक कर्मचारी अनुपस्थितिमा नाबालिगको भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ । डा. शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ । उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ ।

Read More

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ। सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो। जितका लागि पाएको १४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो। उसका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले १५र१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे। यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा…

Read More

दार्चुला: नेकपा एमाले दार्चुला जिल्लाको अध्यक्षमा ज्ञानेन्द्र बहादुर घर्ती निर्वाचित भएका छन्। शुक्रवार सम्पन्न ९ औँ जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । पुरै कमिटी सर्वसम्मत निर्वाचित भए। उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, उपसचिव कर्ण बहादुर खडायत र उपसचिव ९महिला०मा कमला पन्त विष्ट निर्वाचित भएका छन्। बमबुधबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका थिए।

Read More

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानीको विषय चाँडै टुंगो लाग्ने बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका हुन्। ‘आउने प्रदेशसभा बैठकमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा हामी लाग्छौं,’ मुख्यमन्त्री शाहले भने, ‘त्यो सम्भव भएन भने अन्य विकल्वबारे छलफल सुरु गर्छौं।’ कैलालीको गोदावरी क्षेत्रमा राजधानी नबने कहाँ बन्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिय पूरा गरिदिन…

Read More