धनगढी: धनगढीमा पछिल्लो समय लागूऔषध कारोबारी सल्बलाएका छन्। स्रोतका अनुसार ड्रग्स तस्करहरुले अहिले धनगढीमै बसेर कारोबार गर्ने गरेका छन्। जसको जालो नेपालदेखि भारतसम्म नै फैलिएको बताइएको छ। यसैक्रममा हिजोमात्र लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी (एनसीबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ चौराह र उपमहानगरपालिका–१२ जुगेडाबाट गरी कुल १७ ग्राम ८५० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। चौराहाबाट पक्राउ परेका भारत पलियाका २४ वर्षीय अबनिश कुमारको साथबाट १६ ग्राम २३० मिलिग्राम लागुऔषध फेला परेको थियो। त्यस्तै, जुगेडाबाट धनगढी–११ निवासी ६६ वर्षीय…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी गरिएको छ। स्नातक तह चौथो वर्षको वार्षिक परीक्षामा गार्ड बस्न नदिएको भन्दै ताला ठोकिएको बताइएको छ। सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले परीक्षामा गार्ड बस्न नदिएको भन्दै तालाबन्दी गरेको हो। सोमवार अध्यक्ष कृष्ण पुजारालगायतका परिषद्का पदाधिकारीले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस भवनमा पठनपाठन अवरुद्ध गर्ने हिसाबले परिषद्का अध्यक्ष पुजारा, उपाध्यक्ष भुवन भट्ट, सचिव निशान्त बम, कोषाध्यक्ष हेम जोशी सदस्यहरू योगेन्द्र चन्द र आशिष भट्टले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ। उनीहरूले परीक्षामा आफूहरूलाई गार्ड राख्न भनेको तर, क्याम्पस प्रशासनले गार्ड नराख्दा निहुँ खोजेर तालाबन्दी गरेको क्याम्पस प्रमुख योगराज गौतमले बताए। तर उनीहरूले भने…
धनगढी: कैलालीको धनगढीस्थित भन्सारका प्रमुखमाथि कुटपिट भएको प्रकरणमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिमिल्सिनामाथि कुटपिट भएको थियो। सोही आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई प्रहरीले पक्राउ गरिएको जानकारी दिएको छ। पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन्। उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शिर्षकमा दिएको…
धनगढी: कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ। भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिदै प्रमुख तिमिल्सिनामाथि गएराति कुटपिट गर्ने नगर प्रहरीहरूकाे पहिचान गरेर कानुन बमोजिम कारवाही गर्न माग गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारवाही गर्दै माग गर्दै लिखित उजुरी प्राप्त भएकाे जानकारी दिए। उनकाअनुसार उजुरीमा कसैकाे पनि नाम उल्लेख छैन। फुटेजमा देखिएका व्यक्तिकाे पहिचान गरेर कारवाही गरिदिन भनिएकाे छ। गएराति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक…
धनगढी: कैलालीको धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। धनगढी– १४ एच गाउँस्थित साइनोचोक नजिकै नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो। रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुलाई प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ।
धनगढी: कैलालीको धनगढीमा भन्सारका प्रमुखलाई नगर प्रहरीले भकुरेको पाइएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक(इन्सपेक्टर) लक्ष्मण सिंह धामीको टोलीले कैलाली भन्सारका प्रमुखलाई कुटेको हो। गए (शनिबार) राति भन्सार कार्यालयभित्रै प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट भएको बताइएको छ। रातमा भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि प्रहरीको टोली पनि त्यहाँ पुगेको थियो। यद्यपि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिती समान्य भइसकेको जनाइएको छ। यता नगर प्रहरी धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको तर मदिराले लठ्ठ अवस्थामा रहेका उनले आफूहरुमाथि दुव्र्यवहार गरेको दाबी गरेआ छन्। तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि…
धनगढी: नेपाल प्रहरीको व्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–०४ स्थित बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू ब्युरोबाट आएको हुँ भन्दै रकम माग्दै आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको भनाइ अनुसार होटल सञ्चालक मोहन सिंह धामीलाई निशानामा पारेर रकम माग गर्ने क्रममा शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले युवकलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति धनगढी उप–महानगरपालिका–०५, शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्। उनलाई जिल्ला…
पोखरा: नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन जारी छ। पोखरामा जारी महाधिवेशनमा अहिलेसम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएपछि विभिन्न नाराबाजी सुरु भएका छन्। यसैक्रममा धनगढीका युवामाझ लोकप्रिय नेता विनय शाहलाई महासचिव बनाउन भन्दै नाराबाजी गरिएको हो। शाह यसअघि युवा संघ नेपालको सुदूरपश्चिम इन्चार्ज एवं सचिव थिए। यस्तै अध्यक्षका दाबेदार सुमन पुरीको पक्षले पनि निर्वाचन माग्दै नाराबाजी गरेको बताइएको छ। शुक्रबार (जेठ ९) महाधिवेशन उद्घाटन गरिएको थियो। सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन। बरु, नेतृत्वका आकांक्षीले निर्वाचन माग्दै आफ्नो पक्षमा माहोल बनाउन कार्यक्रमस्थल पोखरा सभागृहको भित्र र बाहिर नाराबाजी गरेका छन्। निर्वाचन माग…
धनगढी: अछाममा बहु विवाहसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत अछामले १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका मंगलसेन नगरपालिका–कालागाउँ निवासी २८ वर्षीय रमेश भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई शुक्रबार घर नजिकै घरबाट पक्राउ गरेको हो।
दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई किर्ते आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले आर्थिक वर्ष २०८०/८१ मा दुई लाख राजस्व दाखिला नगरेको आरोप छ। महालेखापरीक्षकको कार्यालयले भट्टमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले राजस्व दाखिला नगरी भौचर अपलोड गरेको पाइएको छ। भट्टले पाँच महिनापछि रकम दाखिला गरेको खुलेको छ, तर महालेखापरीक्षकको कार्यालयले उनलाई किर्ते मुद्दामा पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।