Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जागिरको प्रलोभन देखाएर मान्छे ठग्दै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सल्ल्यानको कालिमाटी गाउँपालिका–२ कट्विरका भोला पुनलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। ६ जनाबाट ३ लाख ठगेको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनलाई त्रिवेणी गाउँपालिका–६ लुहामबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। भोलाले कालिमाटी–२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई ृप्रहरी जवान र असईमा जागिर मिलाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख असुली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका उच्च पदस्थ अधिकारीसँग आफ्नो राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत…

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्रमा जलाइएको गाडी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको रहेको खुलेको छ। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ। यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन। राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन्। यसैबीच, बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए।

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले त्यहाँ आन्दोलन गरिरहेका छन्। उनीहरूले एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए।

Read More

कास्की:  आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती रहेका छन्। घर्ती आफ्नै २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका हुन्। उनले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन्। त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए। लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको…

Read More

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका—९ नेपाल भारत सीमा नाका नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ८ हजार ७ सय ५० मूल्य बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। फेला पारेका उक्त माछा आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्। तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरे । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनु पर्ने उनको भनाइ थियो। उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीतिअधिवेशन गर्दैछ। त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवाइ बहस नटुङ्गिए पछि आजसम्मका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ। हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन। शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन्। गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए। सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो। र, यो पनि : नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, कारण यस्तो

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका छन्। उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन् सानेपा छिरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो। कांग्रेस संस्थापन…

Read More