Author: महेन्द्रनगर पोष्ट

धनगढी : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदुरपस्चिम प्रदेशको निर्देशन पछि डिभिजन वन कार्यालय धनगढीले धनगढीमा दाउरा वितरण शुरु गरेको छ । मंगलबार मन्त्री रमेश धामीको निर्देशन पछि आजबाट धनगढीमा दाउरा वितरण शुरु भएको हो । डिभिजन बन कार्यालय धनगढीका अनुसार धनगढीको चटकपुरबाट विभिन्न चोकहरुमा दाउरा वितरण शुरु गरिएको हो । सहिद गेट, उत्तरबेहडी, एल एन चोक, चकमेलि, शिवनगर, क्याम्पस चोक तथा बुद्धचोक लगायतका ठाउँमा दाउरा वितरण गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले बताए । चिसो बढे सङ्गै मन्त्री रमेश धामिको निर्देशन पछि सामुदायिक वन बाट दाउरा लिएर वितरण गरिरहेको कंडेलले बताए । यस्तै चिसो रहे ३–४…

Read More

धनगढी : टेलिकमको कवाड टेन्डरमा घोटाला भएको पुष्टि हुनेगरी अत्तरियामा भएको ट्रकमा तामाजन्य कवाड तौल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा गरिएको तौलमा रा १ ख ३२१६ नम्बरको ट्रकमा रहेको तामाजन्य पदार्थको तौल १४९८२.८० रहेको छानबिन समितिका संयोजक शिवराज जोशीले जानकारी दिए । हसुलिया बाट नियन्त्रणमा लिइएको ट्रक सहितको तौल २४ टन रहेको स्रोतले जनाएको छ तर छानबिन समितीले तौल गर्न बाकी नै छ। नेपाल टेलिकमको दुुरसंचार कार्यालय गेटा गोदामबाट चार दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दुर संचार कार्यालय गेटाबाट सामग्री लोड गरेर जाने क्रममा दुई वटा लोड ट्रक नियन्त्रणमा लिएपछि अनियमितताको…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको व्यक्तित्व बहुआयामिक भएको बताएका छन्। बिहीबारदेखि सुरु नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै नेपालले चौधरीमाथि शंका गर्न नहुने बताए। ‘हामी पनि चाहन्छौँ कि देशलाई एकताबद्ध बनाउने र सबै जातजातिको बीचमा पारस्पारिक प्रेम र सद्भाव बढाउने व्यक्तिमाथि अनुचित शंका उपशंका र आरोप लगाउनु हुँदैन। इमानदार मान्छेलाई कसैले अपराधी भन्यो भने सबैको चित्त दुख्छ’, नेपालले भने। अध्यक्ष नेपालले आफूले नागरिक उन्मुक्ति पार्टीलाई आफूले थारुहरूको संगठन मात्रै नठानेको बताए। भने, ‘यो सबै समुदायको संगठनको रुपमा राष्ट्रिय रुपमा नै अगाडि बढ्ने संकल्प गरेर अगाडि बढेको यो संगठनको रुपमा मैले…

Read More

काठमाडौं : नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई अनुबन्ध गरेको हो । यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका रोहितले अब एपीएफ क्लबको कप्तानी गर्ने छन् । नेपाल एपीएफ क्लबका खेल व्यवस्थापक विजय केसीका अनुसार क्लबले पूर्व कप्तान ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । ‘हामीले रोहितलाई खेलाडी र ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेका छौं,’ केसीले भने । रोहित र ज्ञानेन्द्रको आगमनपछि एपीएफ क्लबका साथै खेलाडीहरु पनि उत्साहित रहेको केसीले बताए ।…

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गर्न नहुने बताएको छ। बिहीबार बसेको शिक्षा समितिको बैठकमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन्। ‘विधेयकमा कक्षा १० को परीक्षा हराएको छ। बोर्डले १० र १२ को सर्टिफिकेसन गर्छ। १२ को सर्टिफिकेटपछि विश्वको जहाँ नि पुग्छ । छिमेकी देशमा छिमेकीमा ८, १० र १२ को हुन्छ। नेपालमा कुनै रिसर्चबिना १० को परीक्षा कसरी हटाउन सकियो ? १९९० एसएलसी भयो । एसएलसी हटाएर राम्रो हुन्छ भन्ने छैन,’ उनले भने। अध्यक्ष शर्माले कक्षा ८ पछि १२ कक्षाको परीक्षा लिए ५० प्रतिशतमात्रै विद्यार्थी…

Read More

धनगढी : कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ। महोत्सवको आज (बिहीबार) एक भव्य कार्यक्रमकाबीच कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले उद्घाटन गरेका छन्। आठौं संस्करणको महोत्सव उद्घाटन अघि यस क्षेत्रको कला संस्कृति झल्किने झाकी, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो। माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल निर्माण गरिएका छन्। यस वर्षको महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च बनाइएको छ। जसमा १० वटा स्टल, थारू संग्रहालयका सामाग्री राखिएका छन्। महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा अपाङ्गता जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Read More

काठमाडौं : बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्। गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएकी हुन्। यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। ‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौं,’ उनले भने। गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को…

Read More

काठमाडाैं: प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनमा सहयोग गर्न भन्दै भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन्। समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र पठाएको जानकारी दिएकी हुन्। ‘किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ। उहाँले रेसपोन्स गर्नुभएको छ’ उनले भनिन्। बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई तालिम दिने तयारी रहेको राणाले बताइन्।

Read More

काठमाडौं : नेपाली काँग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्। बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्। सभापति राणाले भनिन्, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ। विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ।’’ उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक…

Read More

गोरखा: जिल्ला प्रशासन कार्यालय, गोरखाले सार्वजनिक निकायबाट सेवा प्रवाहका क्रममा कर्मचारी वा बिचौलियाले घुस मागेमा तत्काल सूचना दिन आग्रह गरेको छ। आज सूचना जारी गर्दै सिडिओ कार्यालयले सेवा लिने क्रममा कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएमा वा गैरकानुनी रुपमा घुस मागेमा तत्काल जानकारी गराउन भनेको हो। त्यस्तै, सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कार्य भएको सूचना भएमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको फोन नम्बर ९८५६०५७७७७ मा सम्पर्क गर्न पनि भनिएको छ। ‘सार्वजनिक निकायमा सेवा लिने क्रममा तपाईसँग कुनै कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएको वा गैरकानुनी रुपमा घुस–रिसवत मागेको वा सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कसूर भएको सूचना–जानकारी भएमा निम्न माध्यममा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं’,…

Read More