Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : स्वास्थ्य तथा नजसंख्या मन्त्री मोहन बस्नेत डडेल्धुरा आउने भएका छन्। उनी आइतबार (आज) डडेल्धुरा पुग्ने छन्। मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ। डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेको छ। आइतबारनै मन्त्री बस्नेत शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका थिए।

Read More

अछाम : माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट १३ जना सिफारिस भएका छन्। तीमध्ये तीन जना जिल्ला बाहिरका रहेका छन्। सिफारिस हुनेमा खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन्। महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन्। यस्तै घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन्। बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन्। यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन्। चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज…

Read More

धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटा पुगेका छन्। उनी आइतबार शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका हुन्। अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए। उनले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल संचालन गर्न आवश्यक रहेको बताए। वाहिरी क्षेत्रबाट डाक्टर सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा संचालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुने उनले दाबी गरे।

Read More

काठमाडौं : संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ। प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो। प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्। प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन्। प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ। त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४०…

Read More

काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आइतबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढी : १३ पुसमा ललितपुरको बालकुमारीमा दुई होनहार युवाले ज्यान गुमाए। प्रहरीको धरपकडमा परी ज्यान गुमाउने युवा थिए, दैलेख सुजत रावत र अछामका विरेन्द्र शाह। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट थिए, रावत र शाह जस्तै सयौं युवा। सोही कारण उनीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपकै क्रममा प्रहरीले गोली चलायो। गाली लागेर अछामका युवा शाहको मृत्यु भयो भने दैलेखकका रावतलाई प्रहरीले निर्घात कुटपिट गरी मारिदियो।…

Read More

धनगढी : ललितपुरको बालकुमारीमा पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शन गरे। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी समेत जलाइदिए। सोही क्रममा प्र्रदर्शनकारी र प्रहरीबीच झडप भयो। प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो। प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन्। बालकुमारीमा भएको घटनापछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई फिर्ता बोलाएको छ। सीडीओ रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी…

Read More

काठमाडौं : आज तमु ल्होसार। ल्होसारको शुभकामना शन्देस सार्वजनिक गरे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले। तर, उनले आफू कुन प्रदेशको मुख्यमन्त्री हुँ भनेर खुलाउन सकेनन्। कारण हो, कोशी प्रदेशको नामलाई लिएर विवाद। कार्कीले शुभकामना त दिए। तर, बेनामे प्रदेशको लेटर हेडमा। त्यसैमा उनले आफूलाई मुख्यमन्त्री भनेर चिनाए पनि प्रदेशको नाम भने खुलाउन सकेका छैनन्। कार्कीले ल्होसारको शुभकामना सन्देश जारी गरेसँगै उनको नियतमाथि सर्वसाधारणले शंका गरेका छन्। कोशी प्रदेशका बहुमत सदस्यले नामाकरण गरेको प्रदेशको नाम सरकारी लेटरहेडमा नराखेर कार्कीले कोशी प्रदेशलाई बेनामे बनाएका छन्। कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलन र विरोधलाई राजनीतिक सहमतिबाट टुंगोमा पुर्याउने अवस्था रहदा रहदै मुख्यमन्त्री कार्कीले…

Read More

काठमाडौं : ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए। पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको थापाले बताए। मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्। प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत…

Read More

काठमाडाैं: भारतको सिक्किममा एक जना नेपाली महिला युट्युबर पक्राउ परेकी छन् । सामाजिक सञ्जाल युट्युबमा साम्प्रदायिक हिंसा भड्काउने खालको भिडियो पोष्ट गरेको आरोपमा ती महिलालाई पक्राउ गरिएको बताइएको छ । खोटङकी उमा चाम्लिङ राईले गम्भीर खालको भिडियो पोष्ट गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई केही दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने बताइएको छ ।

Read More