Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमालेका केन्द्रिय सदस्य एवं युवा नेता ऐन महरसँग नाम जोडिएर चर्चामा आएकी रश्मिला कुमारी धामी प्रहरीको फरार सूचीमा रहेको पाइएको छ। प्रहरी स्रोतका अनुसार विद्युतीय कारोबार कसुर अन्तरगत रश्मिला प्रहरीको फरार सूचीमा छिन्। नेपाल प्रहरीको साइबर व्युरोमा राजमती बम (रक्षा) ले उजुरी दिएकोमा उनलाई प्रहरीले फरार सूचीमा राखेको छ। उता, जाहेरीवाली बम पनि हिजोमात्रै पक्राउ परेकी छ्न्। उनीविरुद्ध रश्मिलाले आपराधिक लाभसहित चोरी मुद्दामा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जमा रश्मिलाले चोरी तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दायर गर्दै बमले आफ्नो मोबाइल (आइफोन) चोरेर गोप्य कागजात लिई ५ लाख माग गरेको आरोप लगाएकी थिइन्। त्यसपछि…

Read More

धनगढी : अछामको परिक्षाकेन्द्रबाट परिक्षा सञ्चालन गरिएका स्नातक प्रथम बर्षको एक बिषयको उत्तरपुस्तिका हराएको छ । त्रिभुवन विश्वविद्यालयमा अछामबाट गएको स्नातक प्रथम बर्षको फाउन्डेसन अफ एजुकेसन ४१२ बिषयको उत्तरपुस्तिका हराएको हो । अछाम बहुमुखी क्याम्पसबाट गएको उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो । अछाम बहुमुखी क्याम्पस…

Read More

धनगढी : तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिबे्रटी मिट– २०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ । त्यसका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्ने छ । कार्यक्रम २०८१ को बैशाख २० गते हुने छ । कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोश्रो गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरुआत गरिएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले…

Read More

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बुधबार बेलुका ५ बजेरित भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बर जिप दुर्घटना दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप्रका डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ६ जना…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक केन्द्रीय समितिको संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका बेला सुदूरपश्चिम प्रदेश संसदीय दलले भने उक्त निर्णय अस्वीकार गर्ने भएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताएका हुन् । चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए । रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नि समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको…

Read More

काठ्माडौं : धनगढी अनेरास्ववियुकी नेतृ राजमती (रक्षा) बम युवतीमाथि ब्ल्याकमेल गरि पाँच लाख रुपैयाँ मागेको आरोप लागेको छ । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको चोरी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा पक्राउ परेकी बमले ब्ल्याकमेल गरेको आरोप छ । बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध चोरी तथा आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

Read More

धनगढी : पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी एमाले–माओवादी गठबन्धनमा सामेल हुने भएको छ । सो पार्टीको आज बसेको एउटा खेमाको बैठकले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनमा बस्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । नाउपामा एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्नेमा रञ्जिता र उनका श्रीमान् तथा संस्थापक नेता रेशम चौधरीबीच तीव्र मतभेद छ । निर्वाचन आयोगको निर्णयले अध्यक्षमा पुनर्स्थापित भएकी रञ्जिता प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर गठबन्धनमा सामेल हुनुपर्ने पक्षमा छिन् । रेशम भने नेपाली काँग्रेस नेतृत्वको…

Read More

काठमाडौं : पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

Read More

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा प्रहरीमा हाजिर भएका छन्। संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटमा नाम मुछिएपछी दुवैजना सम्पर्कमा थिएनन्। जिल्ला प्रहरी कार्यालयले उनीहरु दुवैजना आज आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएको जनाएको छ। उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं : पाँच वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन् । सुरुको अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जादाँ केही समस्या आएको बताए । १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले सयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन । घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए ।

Read More