Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको बुंगल नगरपालिका-२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो। बुंगल नगरपालिका-१ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से१ज७९४ नम्बरको जीप गरी ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाइते भएका हुन्। चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइते बोहराको अवस्था मध्यम रहेको छ। आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना…

Read More

धनगढी: कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान बिष्टलाई थुनामा राखिएको जानकारी दिए। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ। उनी डोटीमा कार्यरत थिए।

Read More

काठमाडौं : पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ । बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको यूफोर६५२ कलसाइनको जहाजको इमर्जेन्सी ढोका खुलेको थियो । इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।

Read More

दार्चुलाः दार्चुलामा अवैध मदिरा बरामद गरिएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–३ ऐरपाली र वडा नम्बर–६ रिठाचौपाताबाट अवैध मदिरा बरामद गरिएको हो। रम ३७ बोतल, ह्विस्की २३ बोतल, खुकुरी रम–१ बोतल, ५२ क्वाटर ९भर्जिन, जलजला सौफी र ओरेन्ज० बुधवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। इलाका प्रहरी कार्यालय लाली र इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा उक्त मदिरा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन्। कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ। कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेका हुन्। मन्त्रिपरिषद् हेरफेर हुन लागेको संकेतसमेत प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत गरिसकेका…

Read More

काठमाडौं : नेपाल सुपर लिगमा झापा एफसी शीर्ष चारमा पुगेको छ। आज दशरथ रंगशालामा भएको खेलमा द‍ोस्रो स्थानको धनगढी एफसीलाई २-० गोलले पराजित गर्दै झापा चौथो स्थानमा उक्लिएको हो। धनगढीले लिगमा पहिलो हार बेहोरेको हो। झापाको जितमा अन्जन बिष्टले ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे। जितसँगै झापाले ७ खेलबाट १० अंक बटुल्दा धनगढीको १२ अंक छ।

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो। महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएकाले महानगरपालिकाले जनाएको छ।  सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ।

Read More

अछाम: अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ। बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो। कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए। साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए। बिहीबार उनको अन्त्येष्टि गरिने छ। शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए।

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन(मिटर ब्याज) पीडितहरूलाई सहजीकरण र समन्वय गरेकाे भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएकाे अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको हाे। प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेकाे सम्मान पत्रमा अनुचित लेनदेन पीडितकाे मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहाेरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ । 

Read More