Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले जानकारी दिइन् । झन्डै १ घण्टा भएको कुराकानीमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही…

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए । ‘हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो ।…

Read More

जाजरकोट : जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्‍याएको छ । भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जाजरकोटमा ३३, रुकुमपश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालीकोटमा दुई वटा प्रहरी भवनमा क्षति पुगेको प्रमुख…

Read More

पोखरा : मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा…

Read More

विराटनगर : कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो । सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए । सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले…

Read More

काठमाडौँ : उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका-५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए। चौधरीका अनुसार दुर्घटना स्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। उनले भने, ‘मृतक र घाइतेको विवरण सङ्कलन भइरहेको छ,…

Read More

काठमाडौं : व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन्। शनिवार काठमाडौंको सिफलमा आयोजित कार्यक्रममा प्रसाईंले कार्यकारी प्रधानमन्त्री बनाउने भन्दै आन्दोलनमा साथ दिन आग्रह गरेका हुन्। ‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन। आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौं। तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन्।’​ प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएपछि उनले पशुपति मन्दिर नजिकैको सिफल चौरमा आन्दोलन गरेका थिए। बिहीवारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे…

Read More

धनगढी: केपी ओली कप टी–२० क्रिकेटमा सहभागी हुने सुदूरपश्चिम प्रदेशको क्रिकेट टिमकाे बिदाइ गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच धनगढीको होटेल जुमेरामा बिदाइ गरिएको हो। बिदाइ तथा शुभकामना कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउँद प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी, सचिव लक्ष्मण भट्ट तथा क्यान कैलालीका पदाधिकारीले जीतको शुभकामना दिँदै टोलीको बिदाइ गरेका थिए। सुदूरपश्चिमको टोलीलाई धनगढीको मायामेट्रो अस्पतालले जर्सी प्रायोजन गरेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले जानकारी दिए। उनका अनुसार राजु रिजालको कप्तानीमा रहेको सुदूरपश्चिम प्रदेश समूह सी मा रहेको छ । सुदूरपश्चिमले मंसिर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरेको छ। प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी र ५० प्रतिशत रकम अग्रिम तिर्नुपर्ने व्यवस्थाकै कारणले नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका थिए। शुक्रबार बसेको सुदूरपश्चिमको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गर्दै स्वीकृत ठेक्का रकमको २० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो। ठेक्कामा सम्बन्धित फर्मले कबोल गरेको अंकको कर वापतको रकम भने स्थानीय तहलाई अग्रिम बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयका राजस्व शाखा प्रमुख धनबहादुर रोकायाले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० संशोधन गर्दै अग्रिम बुझाउनुपर्ने रकम ५० प्रतिशतबाट २० प्रतिशतमा…

Read More

धनगढी : नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि शुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को तयारीमा जुट्न खेलकुद महासंघले मातहतका निकायलाई सर्कुलर जारी गरेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट उद्घाटन गर्ने यात्राको तयारीमा लाग्न खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशले सर्कुलर जारी गरेको हो। शुक्रबार खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाशकुमार चन्दको अध्यक्षता तथा केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज बिष्णु चन्दको प्रमुख आतिथ्यतामा बसेको बैठकले माथहतका निकायलाई तयारीमा लाग्न निर्देशन गरेको हो। महासंघ प्रदेश कमिटी बैठकले एमालेले चलाएको अभियान अन्तर्गत पार्टी अध्यक्ष ओलीले मंसिर १४ गते झुलाघाटमा उद्घाटन गरी पुस ५ गते चिवाभन्ज्याङमा समापन…

Read More