Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ। कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँचवटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए। पछिल्लो समय सीमासँग…

Read More

मकवानपुर : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको पनि मृत्यु भएको छ।  बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीसँगै बुवाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो। दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो। त्यहाँ लग्नेक्रममा बाटोमै मृत्यु भएको डिएसपी भण्डारीले बताए। मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र…

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दले चर्चित सामाजिक अभियन्ता तारा बरालले भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको आशंका व्यक्त गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्। बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनको भनाइ छ। तारा बरालले आफूसँग विभिन्न रेकर्ड छ, भनेर भ्रम फैलाउने काम गरेको उनको भनाइ छ। आफू फकिरजस्तै भएको दाबी गर्दै उनले आफ्नो काठमाडौंमा कुनै घर, जग्गा, सम्पत्ति नरहेको बताए। तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै काम बारे भ्रममा नपर्न आग्रह गरे। उनले…

Read More

धनगढी: बैतडीमा नेपाली काँग्रेसमा आवद्ध पति–पत्नी नै एमालेमा प्रवेश गरेका छन्। बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमाले प्रवेश गरेका हुन्। बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा पाटन नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी सरस्वती कोली र उनका पति रमेश कोलीलाई पार्टीमा स्वागत गरेका थिए। सरस्वती २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि हुन् भने उनका पति नेपाल दलित संघको अध्यक्ष हुन्।

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको शालिक पुन :स्थापना गरिने भएको छ। यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले बताए। २०६२/०६३ को जन आन्दोलन पछि महेन्द्रनगर बजारमा राजा महेन्द्रको शालिक तोडिएको थियो।

Read More

बैतडी : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताएका छन्। राष्ट्रिय एकता र सम्वृद्धिका लागि बैतडीको झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्राको उद्घाटन गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीले राजनीतिक अस्थिरता अराजकतातर्फ मोडिएकाले देशमा प्रतिगामी शक्ति टाउको उठाइ रहेको टिप्पणी गरेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै बिहीबार सङ्कल्प यात्राको उद्घाटनपछि गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै देश र जनाता अब कसैको अधिनमा नरहने स्पष्ट पारेका छन्। अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अस्थिरता, अराजकता र आर्थिक सङ्कट…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले सेप्टी ट्याङकीको पानी ढलमा हाल्नेहरुका पाइप काट्ने भएको छ। आजबाट पालिकाले पाइप काट्ने कामको शुरूवात गरेको हो। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारको भित्री गल्लिमा ढलसहितको सडक निर्माण गरिरहेको छ। निर्माणाधिन ढलमा बजारका स्थानीयहरुले नालीमा सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए। चौतर्फी आलोचनापछि नगरपालिकाले आजदेखी सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने काम गरिरहेको छ। महेन्द्रनगर बजारका गल्लि नम्बर २ र ३ का पछाडीको ढलमा स्थानीयले व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको खबर आएपछि नगरपालिकाले पाइप काट्ने काम शुरु गरेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए। ‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा…

Read More

बाजुरा : बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। निल्लाको हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको हो। बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए। उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८…

Read More

डडेल्धुराः नेपाल सरकारले विद्युत् विदेशमा निर्यात गरिरहँदा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका नागरिक अन्धकारमा बसिरहेका छन्। यहाँका भागेश्वर गाउँपालिको–४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँका नागरिक अन्धकारमा बसिरहेका हुन्। उसो त यहाँ हरेक वर्ष दशैं तिहारमा विजुली बल्छ भनेर जनप्रतिनिधिले आश्वासन दिइरन्छन्। तर, पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा बिजुली बल्नु सकेको छैन। यस वर्ष तिहारमा विजुली बल्ने अपेक्षामा थिए, स्थानीयबासी। कारण, हो एउटा कार्यक्रममा भागेश्वरका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाले तिहारमा बिजुली बल्छ भनेका थिए। तर, दशैं तिहारमा बिजुली बल्न सकेन्। सो समयमा भागेश्वर गाउँपालिकाका…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादीका बैतडीका नेताहरु एमाले प्रवेश गरेका छन्। पार्टीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट, समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी सहितका नेताहरु एमालेमा फर्किएका छन्। एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन्। एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ कार्यक्रमको अवसरमा गोठलापानीमा आयोजना गरिएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर बिष्टसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश…

Read More