Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा भएको छ। एक समारोहका बिच बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ओम प्यालेसमा कार्यक्रम गरिने सहकारीका अध्यक्ष मनमोहन विष्टले जानकारी दिए। उनका अनुसार विगतका वर्ष भन्दा यो वर्ष साधारण सभामा नयाँ अभ्यासको थालनी गरिने छ। सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिन लागेको अध्यक्ष विष्टले बताए। यस पटक सहकारीका सेयर सदस्यहरू बाहेक अन्य अतिथिहरूलाई भने आमन्त्रण गरिएको छैन। उपस्थित सेयर सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाइने छ। पहिलो उपस्थित सदस्यहरू मध्येबाट ३० जनालाई गोला प्रथाबाट…

Read More

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रशासनबाट पूर्वअनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन्। भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन्। ‘म लहानमा हुँदा काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौ‌ भने पछि हुन्छ भन्नुभएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईँले भने। उनकाअनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन्।

Read More

बैतडी: बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ। शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका-२ स्यागैरमा जीप दुर्घटना भएको हो। जिल्ला सदरमुकाम बैतडीको दशरथचन्द नगरपालिका – १ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टीएको स्थानीय एनआरएन अवस्थीले जानकारी दिए। दुर्घटनामा परी तीन जना जन्ती समान्य घाइते भएका छन्।

Read More

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाएको छ। निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद (घरबाट बाहिर निस्कन रोक) लगाएको हो। भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन्।

Read More

डोटी : डोटीको बडीकेदारमा तीन दिने धार्मिक मेला शुरु भएको छ। सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा शुक्रवार, शनिवार र आइतवार धार्मिक मेला लाग्ने भएको हो।  डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने समितिले जनाएको छ।  ठूला केदारका नामले समेत परिचित यस मेलाको अवसरमा बडीकेदार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दे मेलाको अवसरमा मंसिर १० गते बिदा दिएको जानकारी दिएको हो। डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा…

Read More

बैतडी : बैतडी जिल्ला सदरमुकाममा खानेपानीको समस्या भएको छ। साना सहरी खानेपानीको पाइपमा चुना (क्याल्सियम) जमेर आपूर्ति नभएका कारण समस्या आएको हो। सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन नसकेको स्थानीयको गुनासो छ। आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन्। सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ। यहाँ एक हजार ६० वटा धारा छन्। दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ  छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए। सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर…

Read More

काठमाडौं : दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन्। खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन्। सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए। पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन्।

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ। गणतन्त्र विराधी अभियन्ता प्रसाईको अभियानलाई तीनकुनेमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । “गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन् ।”–प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा आज तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि…

Read More

पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई सँगै कोठामा बस्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेर घाइते बनाएका थिए। गत कार्तिक २९ गते सामान्य भनाभनकै क्रममा उनीमाथि छुरा प्रहार भएको थियो। आक्रमण गर्ने गुरुङलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ।

Read More

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उहाँले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका…

Read More