Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले दुईलाख दिने भएको हो। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतको लागि सरकारको कोष मार्फत पालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिका–२ का वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए। गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।

Read More

नेपालगन्ज : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा जाजरकोट र रुकुमका १९ जना घाइतेको उपचार भइरहेको हो। हेलिकोप्टरबाट ल्याएका बिरामीको भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये जाजरकोटका १२ र सात जना रुकुमका छन्। घाइतेहरुको उपचारमा विशेषज्ञ चिकित्सकसहित अस्पतालका स्वास्थ्यकर्मीहरु बिहानैदेखि तैनाथ गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले थप १० जना घाइतेलाई भेरीमा ल्याउन हेलिकोप्टर उडिसकेको बताए। जाजरकोटको खलङ्गाकाबाट एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो। घाइते बिरामीहरुको नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी…

Read More

रुकुम पश्चिम : गएराति आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ। ठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ। तर, त्यसमध्ये आठबीसकोट-१४ कामात्रै २७ जना छन्। त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ। यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ।

Read More

धनगढी: भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन्। भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ।

Read More

धनगढी : गएराती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी परिचालन भएका छन्। जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी परिचालन भएका हुन्। हालसम्म भूकम्प परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ। भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी प्राविधिक निरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली समेत खटाइएको छ। त्यस्तै, ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७०…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ। केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा.तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको हो। साथै, केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ। शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो। सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत गरेको गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ।

Read More

काठमाडौं : गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। शनिबार बिहान गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सो तथ्यांक प्रस्तुत भएको हो। जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ। बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५र५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले एकलाख पचास हजार दिने भएको हो। पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सानो सहयोग स्वरुप पालिकाको तर्फबाट एकलाख पचास हजार सहयोग गर्ने जानकारी गराएका हुन्। गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइते भएकाहरूको उद्धार उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। अध्यक्ष ओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा रहेको भन्दै घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेका हुन्। ‘उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला।’ उनले विशेष गरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका…

Read More